१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिगो विकास तथा सुशासन समितिद्वारा कार्ययोजनाको क्रियाकलाप प्रस्ताव तयार



अ+ अ-

काठमाडौँ । दिगो विकास र तथा सुशासन समितिले भ्रष्टाचार निवारण र सुशासन प्रवर्द्धनमा जोड दिँदै चालु आर्थिक वर्ष २०८०र८१ को कार्ययोजनाको २१ बुँदे क्रियाकलापसम्बन्धी प्रस्ताव तयार गरेको छ ।

समितिको आजको बैठकमा प्रस्तुत प्रस्तावित कार्ययोजनामा भ्रष्टाचार निवारण र सुशासनका सन्दर्भमा नियामक निकायसँग गहन छलफल र अन्तक्र्रियालाई प्राथमिकतामा राखिएको छ ।

समितिले आगामी १६औँ पञ्चवर्षीय योजना, लैङ्गिक उत्तरदायी बजेट र दिगो विकास लक्ष्य साङ्केतीकीरणका विषयमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल कार्यक्रम पनि प्रस्ताव गरेको छ ।

दिगो विकास लक्षित र लैङ्गिक उत्तरदायी योजना निर्माण, पूर्वाधार विकास, खानेपानी, वातावरणीय सन्तुलन तथा फोहर व्यवस्थापन, सुशासन प्रवद्र्धन र सेवा प्रवाहका मुद्दालाई समितिले जोड दिएको सभापति प्रकाश पन्थले जानकारी दिनुभयो ।

राष्ट्रिय सदाचार नीति जारी गर्ने, दिगो विकास र सुशासनसम्बन्धी ऐन र कानुनको अवस्थाको अध्ययन गर्ने, प्रत्यायोजित अधिकारको उपयोग, सुशासन प्रवद्र्धन कार्यक्रमको समीक्षालाई पनि समितिले प्रस्तावित कार्यक्रममा समेटेको छ ।

दिगो विकास र सुशासनसँग सम्बन्धित निकायसँग छलफल र परामर्श गर्ने, सरकारी कार्ययोजना र दिएको निर्देशन कार्यान्वयन, छानबिन र अनुसन्धानको प्रगतिलाई पनि समितिले आवश्यक ध्यान दिने उल्लेख गरेको छ ।

दिगो विकास लक्ष्य कार्यान्वयनमा हुने संयुक्त राष्ट्रसङ्घको सम्मेलनमा सहभागिता र तयारी छलफल, अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पदोन्नति हुन आवश्यक पर्ने स्तरोन्नति रणनीति पनि समितिका प्रस्तावित क्रियाकलापका विषय हुन् ।

समितिले दिगो विकास लक्ष्यको स्थानीयकरण, आवधिक योजना समाहित गर्ने, मध्यकालीन खर्च संरचना र बजेट साङ्केतिकीकरण प्रभावकारी तुल्याउने विषयलाई पनि समितिले प्राथमिकीकरणको सूचीमा राखेको छ ।

यसैबीच, समिति मातहत सदस्य भुवन सुनारको संयोजकत्वमा गठित उपसमितिले तयार गरेको दलितका सवाल सम्बन्धित सङ्कल्प प्रस्ताव कार्यान्वयन कार्यायोजनाको मस्यौदा प्रतिवेदन समिति सभापतिसमक्ष पेस गरिएको छ । राष्ट्रियसभाले मातहतका समितिलाई उक्त प्रस्ताव तयार गर्न गात चैत ८ गतेको बैठकबाट सर्वसम्मतिले निर्देशन दिएको थियो ।

उपसमितिले मुलुकका विभिन्न स्थानमा भएको भेला, गोष्ठी र सरोकारवालासँगको छलफल र सुझावका आधारमा प्रतिवेदनको मस्यौदा तयार गरेको हो ।

नेपालको संसदीय अभ्यासमा उक्त सङ्कल्पसम्बन्धी प्रस्ताव महत्वपूर्ण मात्र नभई ऐतिहासिक भएको संयोजक सुनारले बताउनुभयो । रासस