२३ असार २०८३, मंगलवार
,
Latest
करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड बिरामीहरूले निको भएको कति महिना भित्र खोप लिनुपर्छ



अ+ अ-

काठमाडौं । कोरोना भाइरस सङ्क्रमित बिरामीले सङ्क्रमणमुक्त भएको तीन महिनापछि खोप लिनु राम्रो हुने भन्दै उनीहरूका लागि खोप अभियान तीन महिना स्थगित गर्न भारतीय कोभिड–१९ खोप प्रशासन राष्ट्रिय विशेषज्ञ समिति ९एनईजीभीएसी० ले बुधवार सिफारिस गरेको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार एनईजीभीएसीको नयाँ सिफारिसहरू कोभिड–१९ महामारीको उदाउँदो अवस्था र उदाउँदो विश्वव्यापी वैज्ञानिक प्रमाण र अनुभवको आधारमा गरिएको हो । 

‘एन्टि सार्स–२ मोनोक्लोनल एन्टिबडी’ वा ‘कम्भलेसेन्ट प्लाज्मा’ दिई उपचार गरिएका कोभिड–१९ सङ्क्रमित बिरामीहरूलाई दिने खोप पनि अस्पतालबाट डिस्चार्ज हुने मितिदेखि तीन महिनासम्म स्थगित गरिनुपर्ने विज्ञहरूको समितिले बताएको छ । 

एनईजीभीएसीका नयाँ सिफारिसहरुमा भनिएको छ, “कुनै व्यक्ति खोपको पहिलो डोज लिएपछि सङ्क्रमित भएमा पनि दोस्रो मात्रा सङ्क्रमणमुक्त भएको तीन महिनासम्मका लागि स्थगित गर्नुपर्नेछ ।”

कोभिड–१९ सङ्क्रमणमुक्त भएको परीक्षण रिपोर्ट आएको १४ दिने वा खोप लगाएको १४ दिनपछि कुनै पनि व्यक्तिले रगतदान गर्न सक्ने विज्ञ समूहले सिफारिस गरेको छ । 
समितिले अन्य रोग लागेका गम्भीर बिरामीले कोभिड–१९ को खोप लिनुभन्दा पहिले ४–८ हप्ता अस्पतालमा भर्ना हुन वा चिकित्सकको हेरचाह आवश्यक रहेको पनि सुझाब दिएको छ । 

स्तनपान गराउने महिलाले चिकित्सकको सल्लाह लिएर खोप लिन सक्ने तर गर्भवतीहरुका लागि के गर्ने भन्ने बिषयमा अझै खाृपका लागि राष्ट्रिय प्राबिधिक सल्लाहकार समूहले छलफल तथा अध्ययनहरू गरिरहेको भारतीय संघीय स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।