४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सामुदायिक विद्यालयका विद्यार्थी भन्छन्– बुक फ्रि फ्राइडे कार्यक्रम नहटाइ दिनु

सामुदायिक विद्यालयका विद्यार्थी भन्छन्– बुक फ्रि फ्राइडे कार्यक्रम नहटाइ दिनु
अ+ अ-

काठमाडौँ । ‘हामीलाई बुक फ्रि फ्राइडे कार्यक्रम निरन्तर चाहिन्छ । किताब पढेको दिनभन्दा शुक्रबार धेरै कुरा सिक्न पाइएको छ । सर यसलाई नहटाइदिनु ल ।’ बाँसबारी माध्यमिक विद्यालयका विद्यार्थीहरुले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसँग एक स्वरमा आग्रह गरे । विद्यालय निरीक्षणका क्रममा अधिकारीले, कक्षा कोठामा पुगेर ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन नगरे तपाईँहरुलाई फरक पर्छरु भनेर प्रश्न सोधेपछिको उत्तरमा विद्यार्थीहरुले यस्तो उत्तर दिएका हुन् ।

विद्यालयका कक्षा कोठाहरुमा शिक्षकहरु अतिरिक्त क्रियाकलाप गराउन व्यस्त हुनुहुन्थ्यो । कक्षा ८ का विद्यार्थीहरु प्रस्तुतिकरण सिपको प्रयोग गरिरहेका थिए । कक्षा १० का विद्यार्थीहरु आफूले विभिन्न विषयमा लेखेका विश्लेषणात्मक चार्टको प्रदर्शन र अरुको चार्टको अवलोकन गरिरहेका थिए । अन्य कक्षाहरुमा हाजिरी जवाफ, श्रुतिलेखन, शव्दको अर्थ बुझ्ने विधि अभ्यास भइरहेको थियो ।

कक्षा कोठा र क्रियाकलापको निरीक्षणका क्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारी र शिक्षा अधिकारी सीताराम कोइरालाले, विषयसँग सम्बन्धित अन्तरक्रिया गर्नुभएको थियो । घर, परिवार र समाजमा देखेका कुरा सोध्ने अवसर यस अघिका कक्षामा थिएन । अब ती जिज्ञासाहरु शुक्रबारका कक्षामा सोध्नु । विद्यार्थीसँगको अन्तरक्रियाका क्रममा अधिकारीले भन्नुभयो, ‘अरु दिन कक्षामा नबुझेका कुरा पनि यस दिन सोध्न सकिन्छ । यसको व्यवहारिक अभ्यास पनि गर्नुपर्छ ।’

निरीक्षणपछिको प्रतिक्रियामा अधिकृत अधिकारीले, विद्यालयको भौतिक पूर्वाधार विकास र विद्यालयलाई सुन्दर बनाउने कार्यक्रमका लागि महानगरले सहयोग उपलब्ध गराउने बताउँदै विद्यालयले नतिजा दिनुपर्ने धारणा राख्नुभयो । ‘कक्षा कोठामा राखिएका पर्दा मिलाउने, सरसफाइ गर्ने जस्ता सानातिना काम गर्दा पनि व्यवस्थापनमा राम्रो प्रभाव देखिन्छ । यस्ता पक्षमा विद्यालय आफैँले ध्यान दिनुपर्छ ।’ उहाँको सुझाव थियो ।

विद्यालयहरुमा सिपमा शिक्षा कार्यक्रम सञ्चालन तयारीमा छन् । विगत कार्यक्रमको निरन्तरताका सम्बन्धमा शिक्षा अधिकारी कोइरालाले, जनशक्तिको उच्चतम परिचालन र क्षमता विकास गर्ने काममा विद्यालयले योजना बनाउनु पर्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक अनिलकुमार झाले, शौचालय एक ठाउँमा मात्र भएको, त्यो पनि साँघुरो भएको, विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग आवश्यक रहेको बताउनुभयो ।

विद्यालय २०१८ सालमा स्थापना भएको हो । २०५५ सालमा माध्यमिक तहमा स्तरोन्नति भएको विद्यालयमा अहिले ७०६ जना विद्यार्थी अध्ययनरत छन् ।

बुक फ्रि फ्राइडे कार्यक्रम सुरु भएपछि कक्षाकोठाहरुमा सजावट गरिएको छ । फर्निचरहरुमा सुधार गरिएको छ । यस्ता विषयमा विद्यार्थी र शिक्षकको सक्रियता बढेको छ ।