काठमाडौँ । मभ्यरातमा फेरी लमजुङमा भूकम्प गएको छ । लमजुङको भुलभुले आसपास नै केन्द्रविन्दु बनाएर बुधबार बेलुका १० बजेर ३९ मिनेट ४.ं५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि बुधबार बिहान ५ बजेर ४२ मिनेट लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केल, बिहान ८ बजेर २६ मिनेट जाँदा ५.३ र ९ बजेर २३ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पको धक्का गण्डकी प्रदेश, लुम्बिनीका केही जिल्ला र काठमाडौं उपत्यकासहित केही जिल्लामा महसुस गरिएको छ ।
भूकम्पमा केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् ।











