१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी



अ+ अ-

काठमाडौं। एक टेलिभिजनसँगको अन्तर्वातापछि विवादमा तानिएकी अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

उनीविरुद्ध परेको जाहेरीका आधारमा केही दिनअघि पक्राउ पुर्जी जारी भएको हो।

अन्तर्वाताको क्रममा पाण्डेले आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएका थिए। जाहेरीमा उनीमािथ जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न माग गरिएको छ ।

अन्तर्वातामा पाण्डेले हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन् । नेपालका केही समूदायमा मामा र फुपुका छोराछोरीबीच विवाह हुने गलत प्रचलन रहेको भन्दै उनले त्यसलाई रोक्नुपर्ने अभिव्यक्ति दिएकी थिईन । त्यसपछि उनी विवादमा तानिएकी थिईन् ।

प्रहरीले पाण्डेको खोजी भइरहेको जनाएको छ।