२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकपः अर्जेन्टिना र दक्षिण अफ्रिकाले अंक बाँडे



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत अर्जेन्टिना र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन् ।

नेपाली समयानुसार शुक्रबार बिहान सम्पन्न खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । दुई गोलले पछि परेको अवस्थामा अर्जेन्टिनाले बराबरी गरेको हो ।

न्यूजिल्याण्डको फोर्सिथ वार स्टेडियममा भएको खेलको ३० औं मिनेटमा लिन्डा मोथालोले गोल गर्दै दक्षिण अफ्रिकालाई सुरुवाती अग्रता दिलाएकी थिइन् । ६६ औं मिनेटमा थेम्बी क्गट्लानाले गोल गर्दै अफ्रिकाको अग्रता दोब्बर पारिन् ।

तर, ७४ औं मिनेटमा सोफिया ब्राउन र ७९ औं मिनेटमा रोमिना नुनेजले गोल गर्दै अर्जेन्टिनालाई २–२ को बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र दुबै टिमले अंक बाँडे ।

समूह जी मा रहेका दक्षिण अफ्रिका र अर्जेन्टिना २ खेलबाट १ अंक जोड्दै क्रमशः तेस्रो र चौंथो स्थानमा छन् ।