४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

गत आवमा रु १६ अर्बभन्दा बढीको फलफूल आयात, स्याउ मात्रै सात अर्बको भित्रियो

गत आवमा रु १६ अर्बभन्दा बढीको फलफूल आयात, स्याउ मात्रै सात अर्बको भित्रियो
अ+ अ-

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा रु १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसार गत आवमा रु १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ ।

रु सात अर्बको नौ करोड स्याउ आयात 
विभागका अनुसार गत आवमा रु सात अर्ब नौ करोड ४४ लाख ७७ हजार मूल्य बराबरको आठ करोड ३२ लाख ७४ हजार तीन सय ३१ केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले रु ८६ करोड ८३ लाख ८९ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

सार्वजनिक विवरणानुसार चीनबाट सबैभन्दा धेरै स्याउ आयात भएको देखिन्छ । चीनबाट मात्र रु पाँच अर्ब १५ करोड ५८ लाख ४५ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट रु एक अर्ब ९३ करोड आठ लाख ७८ हजार, अमेरिकाबाट रु ५० लाख ३४ हजार, स्वीजरल्याण्डबाट रु २७ लाख २० हजार मूल्य बराबरको स्याउ आयात भएको विवरण छ ।

रु दुई अर्बको अङ्गुर आयात
गत आवमा मुलुकमा रु दुई अर्ब १५ करोड ८८ लाख ७६ हजार मूल्य बराबरका तीन करोड नौ लाख आठ हजार एक सय ७२ केजी ताजा अङ्गुर आयात भएको छ । त्यसबाट सरकारले रु ११ करोड एक लाख ७० हजारको राजस्व सङ्कलन गरेकोे छ । ताजा अङ्गुर सबैभन्दा धेरै भारतबाट रु दुई अर्ब १३ करोड ७६ लाख ६५ हजार बराबर तथा चीन बाट रु दुई करोड १२ लाख तीन हजार बराबरको आयात भएको छ ।

केरा आयातबाट एक अर्ब ६२ करोड बाहिरियो
विभागका अनुसार गत आवमा रु एक अर्ब ६२ करोड ७३ लाख ९९ हजार बराबरको केरा आयात भएको छ । कूल पाँच करोड ३३ लाख ९४ हजार सात सय ९५ केजी केरा भारतबाट आयात भएको र त्यसबापत सरकारले रु २९ करोड ४३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको सार्वजनिक विवरणमा उल्लेख छ ।

विभागका अनुसार गत आवमा ८९ लाख चार हजार एक सय २७ केजी अनार आयातमा रु ९३ करोड ४९ लाख ३५ हजार रकम बाहिरिएको छ । जसबाट सरकारले रु नौ करोड ४९ लाख ९० हजार राजस्व उठाएको छ ।

सार्वजनिक विवरणानुसार गत आवमा रु ८८ करोड १८ लाख ८४ हजार बराबरको एक करोड ५४ लाख ८७ हजार आठ सय ८१ केजी सुन्तला आयात भएको छ । त्यस्तै एक करोड ५५ लाख ५१ हजार तीन सय ६८ केजी अम्बा तथा आँप आयातमा रु ७० करोड दुई लाख ७२ हजार बाहिरिएको छ । साथै दुई करोड ७० लाख ७७ हजार दुई सय ८६ केजी खरबुजा आयातका लागि रु ६८ करोड ९५ लाख ४० हजार बराबर रकम बाहिरिएको छ ।

नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार गत आवमा ८८ लाख ३५ हजार तीन सय आठ केजी मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य  रु ३० करोड ९० लाख ८१ हजार बराबर छ ।

यस अवधिमा रु १३ करोड ६२ लाख ५८ हजार बराबरको ३० लाख ५० हजार आठ सय ९० केजी भुइँकटहर आयात भएको छ भने १५ लाख ६२ हजार सात सय ३८ किलो नास्पाती आयातमा रु १२ करोड ३६ लाख २६ हजार खर्च बाहिरिएको छ ।

त्यस्तै रु नौ करोड ४५ लाख ७८ हजार बराबरको दुई लाख ५८ हजार छ सय २८ किलो एभोगाडो आयात भएको छ भने रु सात करोड ५२ लाख २१ हजार बराबरको चार लाख १० हजार तीन सय २२ किलो किबी आयात भएको छ ।रासस