२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

कोरोनाका कारण बक्सिङ्ग प्रतियोगितामा नेपालको सहभागिताको सम्भावना न्युन

कोरोनाका कारण बक्सिङ्ग प्रतियोगितामा नेपालको सहभागिताको सम्भावना न्युन
अ अ+ अ-

काठमाडौं । एशियाको सबै भन्दा ठूलो बक्सिङ्ग प्रतियोगिता ASBC Elit Men WomenUS Boxing Championship 2021 मा  नेपालको सहभागिताको सम्भावना कोरोना महामारीका कारण न्युन बनेको छ । यस अघि डिल्लीमा आयोजना हुने भनिएको प्रतियोगिता भारतमा बढेको कोरोना  महामारीका कारण दुबईमा स्थानान्तरण गरिएको हो ।
 
यही मे २४ तारिख देखि ३१ तारिख सम्म संयुक्त अरब इमिरेट्सको दुबइ शहरमा हुने प्रतियोगिताका लागि नेपाल बक्सिङ्ग संघले मिति २०७७ चैत्र २९ देखि ३१ सम्म देशव्यापी रुपामा १५ तौल समुहमा खेलाडी  छनोट गरि उत्कृष्ट ७ जना खेलाडी  (महिला २ जना र पुरुष ५ जना) सहभागी गराउने निर्णय गरेको थियो । त्यस अनुरुप विगत दुई महिना देखि लगातार प्रशिक्षणको व्यवस्था गरिएको थियो ।

अन्तिम तयारीका लागि खेलाडीहरुको पिसिआर परिक्षण गरी सबै स्वास्थ्य मापदण्ड पालना गराई विगत ३ हप्ता देखि होटलमा राखि आएको छ । कोरोना भाईरस महामारीको कारण सरकारले मे ३१ सम्म अन्तर्राष्ट्रिय हवाई उडानहरु बन्द गरेका कारण नेपाली खेलाडीको सहभागिता न्युन बनेको छ ।

नेपाल बक्सिङ्ग संघले विभिन्न एयरलाइन्ससंग सम्पर्क गरी संभावित चार्टर फ्लाईटको प्रयास गर्दा समेत कतैबाट कन्फर्मेसन आएको छैन । यस सम्बन्धि सबै जानकारी राष्ट्रिय खेलकुद परिषद ,एशियन बक्सिङ्ग ASBC र AIBA मा गराई सकेका छौँ । ASBC ले पहिलो पटक प्रथम हुनेलाई USD १००००, दोस्रो हुनेलाई USD ५००० र तेस्रो हुने दुई जनालाई २५०० का दरले राखिएको प्रतियोगिता खेलाडीको व्यक्तिगत र्याङ्किङ्ग सुधारको लागि महत्वपूर्ण थियो । 

नेपाली बक्सिङ्गको प्राविधिक विकासका लागि विगत ४ वर्ष देखिको प्रयासबाट प्राप्त AIBA International Training Officer (ITOS) को दुई वटा कोटामा छनोट भएका नेपाली प्राविधिकहरु पनि तालिममा सहभागी हुन सम्भावना पनि कम भएको छ । नेपालमा हाल सम्म पनि ITOS छैन ।  कुनै पनि बक्सिङ प्रतियोगिता संचालन गर्न को लागि ITOS को धेरै ठुलो भुमिका हुन्छ । संघले अन्तिम प्रयास स्वरुप AIBA/India Boxing Federation संग–संगै उडानको लागि प्रयास गरिरहेको छ ।