४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सिंगो देश मिटरब्याज पीडितको पक्षमा छ: कानूनमन्त्री गुरुङ

सिंगो देश मिटरब्याज पीडितको पक्षमा छ: कानूनमन्त्री गुरुङ
अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ को पक्षमा सबै राजनीतिक दलहरु एक हुन आवश्यक रहेको बताउनु भयो ।

बिहीवार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मिटरब्याज पीडितको पक्षमा सिंगो मुलुक रहेको बताउनु भयो । उहाँले सामन्तवादका अवशेषहरुको अन्त्यका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताउनु भयो । उहाँले विधेयकको रुप फेरिएपनि सार नफेरिएकोप्रति माफी माग्दै आगामी दिनमा सरकारले त्यस्ता कमी कमजोरी नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी पीडितको पक्षमा उभिनुपर्छ । सिंगो मुलुक पीडितको पक्षमा उभिएको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदन पीडितकै पक्षमा उभिने हो । सामन्तवादका अवशेषहरुको अन्त्यका लागि एक ठाउँमा उभिनुपर्छ । सामन्तवादको अवशेषका पक्षमा कोही पनि उभिँदैनौँ । रुप फेरिएर आएपनि त्यो विधेयकको सार फेरिएको छैन भन्ने मलाई लागिरहेको छ ।

त्यसैले सार नफेरिकन रुप फेरिएर मात्रै हुँदैन । वास्तवमा पीडकहरुलाई अनुचित लेनदेन गर्ने पीडकलाई कानूनी दायरामा ल्याउने काम गर्न यो विधेयकले । त्यसैले सार नफेरिएरको रुप फेरिएको अवस्थामा आइपुग्दा म दु:खीत छु। आफी चाहन्छु, आइन्दा यसरी कमी त्रुटी सरकारको पक्षबाट नहुने आग्रह गर्छु ।’