७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

भन्सारबाट हुने अवैध कारोबार रोक्न सबै सरकारी निकायको समन्वय आवश्यक– अर्थमन्त्री महत

भन्सारबाट हुने अवैध कारोबार रोक्न सबै सरकारी निकायको समन्वय आवश्यक– अर्थमन्त्री महत
file photo
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तस्करी वा अन्य अवान्छित गतिविधि नियन्त्रणमा सबै सरकारी निकायले निराश नभई समन्वयात्मक ढंगले काम गर्नुपर्ने बताउनुभएको छ ।

करिब एक क्विन्टल सुन प्रकरणमा पनि एउटा सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले बरामद गरेको प्रति टिप्पणी गर्दै उहाँले सबै सरकारी निकायबीच समन्वायत्मक भूमिका आवश्यक रहेको बताउनुभयो ।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको स्थलगत अनुगमनपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री महतले विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच राम्रो समन्वय भए अपराध न्यूनीकरण हुने बताउनुभयो ।

उहाँले विमानस्थलामा जडित प्रविधिलाई पनि समयअनुकूल स्तरोन्नति गर्नुपर्ने धारणा राख्नुभयो । प्रविधिलाई स्तरोन्नति गर्नका लागि चाहिने कुराहरुमा पनि अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने उहाँको भनाइ थियो ।

“एउटैको भूमिकाले पूरा नतिजा आउँदैन । नाकालाई दुरुपयोग गर्ने, तस्करी गर्ने, अवैध कारोबार गर्ने प्रवृत्तिलाई टोटल रोक्नका लागि सबै निकायको समन्वयकारी भूमिका आवश्यक छ”, उहाँले भन्नुभयो, “कुनै बहानामा हामीले उदासीनता देखाउने या आ–आफ्नो जिम्मेवारीमा क्रियाशील नहुने मान्य हुन सक्दैन ।”

“आउँदा दिनमा कुनै पनि छुट, कुनै पनि तहबाट, कुनै पनि बहानामा हुन नदिनेतर्फ सम्पूर्ण प्रयास उहाँहरुले गर्नुहुन्छ, भन्ने मैले विश्वास लिएको छु”, मन्त्री महतले भन्नुभयो ।

उहाँका अनुसार त्रिभुवन विमानस्थल भन्सारबाट क्विन्टल सुन कसरी बाहिरिन सफल भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको छ । स्वतन्त्ररुपमा अनुसन्धान प्रक्रिया अघि बढिरहेको भन्दै उहाँले त्यसमा अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने बताउनुभयो ।