१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करीमा राज्यसत्ताका जिम्मेवार मान्छेहरु सामेल छन्ः चित्रबहादुर केसी



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुन तस्करीमा राज्यसत्ताका जिम्मेवार व्यक्तिहरु सामेल भएका बताउनुभएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले राज्यसत्ताका जिम्मेवार मान्छेहरु सामेल नभइकन सुन तस्करीजस्तो अपराध हुन नसक्ने बताउनुभएको हो ।

उहाँले राज्यसत्ता नै देश लुट्ने अभियानमा लागेको भन्दै पछिल्लो सुन तस्करीको घटना नयाँ नभएको बताउनु भयो । उहाँले सरकारले सुन तस्करीको मुख्य अपराधीलाई समातेर नेपाली जनतालाई देखाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो घटनाक्रम राज्यसत्ता नै देश लुट्ने अभियानमा लागेपछि यस्तै हुन्छ । यो नयाँ घटना होइन । यसभन्दा अघि पनि नेपाली जनताले देखेको, भोगेको कुरा के हो भने स्वयं राज्यसत्ता नै यस्तो लुटपाटमा सामेल भइराखेको छ । यति धेरै, यत्रो परिणाममा सुन बाहिर आउनु अन्तर्राष्ट्रिय तस्करहरुले नेपाललाई ट्रान्जिट पोइन्ट नै बनाए नि । राज्यसत्ताका जिम्मेवार मान्छेहरु सामेल नभइकन यत्रा ठूला अपराध हुनै सक्दैन । तैपनि तपाई, हाम्रो माग के हो भने भरिया, साना मान्छे पक्रेर नेपाली जनताको आँखामा छारो हाल्न पाइँदैन ।

मुल अपराधी कहाँ छ, कुन कुनामा बसेको छ, मुल अपराधीलाई समातेर नेपाली जनतालाई देखाउन सक्नुपर्छ सरकारले । अपराधी पत्ता लगाउनुप¥यो । चिनियाँ अपराधीहरु, भारतीय अपराधीहरु, नेपाली अपराधीहरु तीन देशका अपराधीहरु मिलेर नेपाललाई अपराधको ट्रान्जिट पोइन्ट गराएका छन् । यसमा राज्यसत्तामा अहिले जो बसेको छ, उसले गम्भिर भएर यसलाई दुधको दुध, पानीको पानी खोजबिन हुनुप¥यो ।’

अध्यक्ष केसीले नेपालललाई चीन, भारत र नेपालका अपराधीहरु मिलेर अपराधको ‘ट्रान्जिट पोइन्ट’ बनाएका बताउनु भयो ।