१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करीमा राज्यसत्ताका जिम्मेवार मान्छेहरु सामेल छन्ः चित्रबहादुर केसी



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुन तस्करीमा राज्यसत्ताका जिम्मेवार व्यक्तिहरु सामेल भएका बताउनुभएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले राज्यसत्ताका जिम्मेवार मान्छेहरु सामेल नभइकन सुन तस्करीजस्तो अपराध हुन नसक्ने बताउनुभएको हो ।

उहाँले राज्यसत्ता नै देश लुट्ने अभियानमा लागेको भन्दै पछिल्लो सुन तस्करीको घटना नयाँ नभएको बताउनु भयो । उहाँले सरकारले सुन तस्करीको मुख्य अपराधीलाई समातेर नेपाली जनतालाई देखाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो घटनाक्रम राज्यसत्ता नै देश लुट्ने अभियानमा लागेपछि यस्तै हुन्छ । यो नयाँ घटना होइन । यसभन्दा अघि पनि नेपाली जनताले देखेको, भोगेको कुरा के हो भने स्वयं राज्यसत्ता नै यस्तो लुटपाटमा सामेल भइराखेको छ । यति धेरै, यत्रो परिणाममा सुन बाहिर आउनु अन्तर्राष्ट्रिय तस्करहरुले नेपाललाई ट्रान्जिट पोइन्ट नै बनाए नि । राज्यसत्ताका जिम्मेवार मान्छेहरु सामेल नभइकन यत्रा ठूला अपराध हुनै सक्दैन । तैपनि तपाई, हाम्रो माग के हो भने भरिया, साना मान्छे पक्रेर नेपाली जनताको आँखामा छारो हाल्न पाइँदैन ।

मुल अपराधी कहाँ छ, कुन कुनामा बसेको छ, मुल अपराधीलाई समातेर नेपाली जनतालाई देखाउन सक्नुपर्छ सरकारले । अपराधी पत्ता लगाउनुप¥यो । चिनियाँ अपराधीहरु, भारतीय अपराधीहरु, नेपाली अपराधीहरु तीन देशका अपराधीहरु मिलेर नेपाललाई अपराधको ट्रान्जिट पोइन्ट गराएका छन् । यसमा राज्यसत्तामा अहिले जो बसेको छ, उसले गम्भिर भएर यसलाई दुधको दुध, पानीको पानी खोजबिन हुनुप¥यो ।’

अध्यक्ष केसीले नेपालललाई चीन, भारत र नेपालका अपराधीहरु मिलेर अपराधको ‘ट्रान्जिट पोइन्ट’ बनाएका बताउनु भयो ।