१५ बैशाख २०८२, सोमबार
,
Latest
रत्नपार्कमा उभिएर उत्साहित हुँदै राजावादीले दिए एकताको सन्देश शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छेँ मन्त्रिपरिषद् निर्णय: शिक्षक आन्दोलन वार्ताबाट समाधान गरिने ‘सहरी क्षेत्रमा अब नयाँ अस्पतालका लागि जग हाल्नु आवश्यक छैन’ सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने सङ्घीयताका मर्मअनुसार कार्यक्रम सञ्चालन गरिनुपर्ने ‘पुनर्स्थापनाका थप काम सम्पन्न गर्न समय तोकेरै अगाडि बढ्न पहल गर्छौं’ अवैध वित्तीय कारोबारमा संलग्न आरोपमा २१ जना पक्राउ पाथीभरा देवी दर्शन केवलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान सात सहरमा प्रस्तुति दिन अमेरिकातर्फ नेपथ्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरिरका यी भागमा कोठी हुनुको अर्थ के हुन्छ ?



अ+ अ-

एजेन्सी । शरीरमा कोठी हुनु सामान्य कुरा हो । तर समुद्रशास्त्रका अनुसार शरीरमा हुने कोठीको विशेष अर्थ हुन्छ । यसले हामीलाई हाम्रो भविष्यको बारेमा धेरै संकेत दिन्छ । जानौं शरीरको कुन–कुन स्थानमा कोठी हुनुले मानिसलाई शुभ संकेत दिन्छ ।

गालामा कोठी हुनुको अर्थ
समुद्र शास्त्रका अनुसार यदि कुनै व्यक्तिको दाहिने गालामा कोठी छ भने यो निकै शुभ मानिन्छ । यो स्थानमा कोठी भएमा मानिसलाई भाग्यमानी मानिन्छ । यस्ता मानिसहरूले समय–समयमा पैसा प्राप्त गरिरहन्छन् । अर्कोतर्फ, बायाँ गालामा कोठी हुनुको अर्थ ती व्यक्ति खर्चिलो हुन्छ ।

निधारमा कोठी हुनुको अर्थ
धेरैको निधारमा कोटी हुन्छ । समुद्र शास्त्रका अनुसार निधारमा कोटी हुनुको विशेष अर्थ हुन्छ । अर्थात् यस्ता व्यक्तिको धन सधैं बढिरहन्छ । यस्ता व्यक्तिले आफ्नो मेहनतले सफलता पाउँछन् ।

हत्केलामा कोठी हुनुको अर्थ
धेरै कम मानिसको हत्केलामा कोठी पाइन्छ । जसको हत्केलामा कोठी हुन्छ उसले जीवनमा सफलता पाउँछ । भाग्यले पनि सधैं यी व्यक्तिहरूको साथ दिन्छ । अर्कोतर्फ, समुद्र शास्त्रका अनुसार व्यक्तिको दाहिने हातमा कोठी हुनुको अर्थ ती व्यक्तिले धन र समृद्धि प्राप्त गर्नेछन् ।