• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता ★   नेपालमै पहिलोपटक रोबोटबाट सर्जरी, एकैदिन ३ बिरामीको सर्जरी ★   पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य ★   भरतपुरको होटलमा चिनियाँ नागरिक मृत फेला ★   सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै ★   भूकम्पमा भत्केका सम्पदा पुन:निर्माण गर्दै ललितपुर महानगर ★   वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए ★   हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति ★   फणीन्द्र देवकोटा पुन: ऊर्जा मन्त्रीमा नियुक्त ★   कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड

महिला विश्वकपः जाम्बियाविरुद्ध स्पेनको फराकिलो जित



AUCKLAND, NEW ZEALAND – JULY 26: Jennifer Hermoso (2nd L) of Spain celebrates with teammates after scoring her team’s second goal during the FIFA Women’s World Cup Australia & New Zealand 2023 Group C match between Spain and Zambia at Eden Park on July 26, 2023 in Auckland, New Zealand. (Photo by Hannah Peters – FIFA/FIFA via Getty Images)

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत स्पेनले लगातार दोस्रो जित निकालेको छ । बुधबार न्यूजिल्याण्डको इडेन पार्कमा सम्पन्न खेलमा स्पेनले जाम्बियालाई ५–० गोलले पराजित गरेको हो ।

स्पेनलाई फराकिलो जित दिलाउन जेनिफर हर्मोसो र अल्बा रेडोन्डोले दुई–दुई गोल गरे भने टेरेसा अबेलिरियाले एक गोल गरिन् ।

टेरेसाले ९ औं मिनेटमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । जेनिफरले १३ तथा ७० औं मिनेटमा गोल गरिन् भने अल्बाले ६९ औं र ८५ औ मिनेटमा गोल गरिन् ।

जितसँगै स्पेनले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको छ । समूह सी मा रहेको स्पेन २ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्षस्थानमा रहेको छ । लगातार दुई खेल हारेको जाम्बिया अंकविहिन रहँदै पुछारमा छ ।