काठमाडौ । सरकारले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिनुको सट्टा संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्ने राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।











