२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले सुन प्रकरणलाई लिएर गृह र अर्थमन्त्रीको राजीनामा माग्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेले सुन प्रकरणलाई लिएर संसदमा गृह र अर्थमन्त्रीको राजीनामा माग्ने भएको छ ।

एमालेले सुन प्रकरणलाई लिएर आज दिउँसो १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा।प्रकाशशरण महतको राजीनामा माग्ने भएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरिले अवैध सुन प्रकरणमा गृह र अर्थमन्त्रीको संलग्नता रहेको भन्दै संसदमा शसक्त आबाज उठाउने बताउनु भयो । प्रमुख सचेतक गिरिले भन्नुभयो, ‘अवैध सुन तस्करीको गृह र अर्थमन्त्रीले जिम्मा लिनुपर्छ । उहाँहरूको संलग्नतामा कर्मचारीको सेटिङ भएपछि सुन तस्कर भएको हो । यसको जिम्मेवारीबाट दुई मन्त्री भाग्न पाइँदैन, पच्छिन पाइँदैन । उहाँहरूले जिम्मेवारी लिनुपर्छ । यी विषय सदनमा हामी राख्छौँ ।’

प्रमुख सचेतक गिरिले संसद् अवरोध गर्ने वा नगर्ने अहिले कुनै निर्णय नभएको बताउनुभयो ।