• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   बेइजिङमा बुद्धजयन्ती मनाइयो ★   शीर्ष नेताहरुसँग परामर्शपछि संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित संयन्त्रको बैठक बस्दै ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई दोस्रो पटक म्याद थप्न अदालत लगिँदै ★   संकटमा सञ्जुः हैदरावादविरुद्ध राजस्थानको टोली समस्यामा पर्न सक्ने ★   प्रतिपक्षीको अवरोधकैबीच प्रतिनिधि सभाबाट आज नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी ★   आईपीएल आजः फाइनल पुग्न राजस्थान र हैदरावादबीच भिडन्त ★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी

विशिष्ट पदाधिकारीको उपचार अब स्वदेशमै



काठमाडौँ । अबदेखि विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीले स्वैच्छिक रूपमा राज्यको खर्चमा विदेश गएर उपचार गर्न नपाउने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको उपचारका लागि ‘विशिष्ट तथा अतिविशिष्ट उपचार विशेषज्ञ समिति’ गठन गरेको छ । विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीले नेपालमा उपचार सम्भव नभएमा मात्र विदेशमा उपचार गर्न पाउने र त्यसका लागि विशेषज्ञ समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयले विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यमा डा. भगवान कोइराला, डा. सन्दुक रुइत, डा. शशी शर्मा, डा. पुकारचन्द्र श्रेष्ठ, डा. भोला रिजाल, डा.रत्नमणि गजुरेल, डा. किरण श्रेष्ठ, डा. ध्रुव गैरे, डा. रविराम श्रेष्ठ, डा. शैली प्रधान, डा. महेश अधिकारी, डा. सुभाष आचार्य, डा. मनबहादुर केसी र डा. रमेश चोखानी हुनुहुन्छ ।

“विशिष्ट तथा अतिविशिष्ट उपचार विशेषज्ञ समितिको कार्यविधि तयार भइरहेको छ । नेपालमा हुने उपचारका लागि विशिष्ट तथा अतिविशिष्ट पदाधिकारी विदेश जान पाइने छैन,” समितिका संयोजक डा। बस्नेतले भन्नुभयो ।

उहाँले नेपालमा हुने उपचारका लागि विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीका लागि वीर अस्पतालमा छुट्टै क्याबिनको व्यवस्था गरिएको जानकारी दिनुभयो । नवनिर्मित विशिष्ट उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतीक्षालय, भान्साकोठासमेतको सुविधा रहेको छ । यसअघि पनि वीर अस्पतालको पुरानो भवनमा विशिष्ट तथा अतिविशिष्टका लागि दुई वटा शøया छुट्याइएको थियो । मङ्गलबारबाट सञ्चालनमा ल्याइएको भवनमा तीन शय्या थप गरेर कुल पाँच शय्या पुर्याइएको छ ।

वीर अस्पतालमा सञ्चालनमा आएको विशिष्ट तथा अतिविशिष्ट कक्षको मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अवलोकन गर्नुभयो । उहाँले विशिष्ट र अतिविशिष्ट पदाधिकारीको जुनसुकै उपचार नेपालमा गर्न सकिने बताउनुभयो । उहाँले सरकारी खर्चमा विदेशमा गएर उपचार गर्ने प्रचलन रोक्नका लागि वीरमा सञ्चालनमा ल्याइएको कक्ष प्रभावकारी हुने बताउनुभयो । गोरखापत्र दैनिक