४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

उपसभापति र महामन्त्रीहरु सामुहिक रुपमा अगाडी बढ्नुपर्छः चन्द्र भण्डारी

उपसभापति र महामन्त्रीहरु सामुहिक रुपमा अगाडी बढ्नुपर्छः चन्द्र भण्डारी
फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरु सामुहिक रुपमा अगाडी बढ्नुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली काँग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उहाँले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायतका नेताहरु सामुहिक रुपमा अगाडी बढाउनुपर्ने बताउनुभएको हो ।

उहाँले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरुले लिनुपर्ने बताउनु भयो । उहाँले उपसभापति र महामन्त्रीहरुका बीचमा बैठक राख्ने र एजेण्डा तय गरेर सँगै हिँड्न आग्रह गर्नुभयो । उहाँले केन्द्रिय समितिमा संस्थापनइतर समूहका नेताहरुलाई थप्न नसकेको भन्दै आफ्ना समूहका साथीहरुलाई सदस्य बनाउन नसक्नेले अरुको प्रतिनिधित्व गर्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘तपाईहरु उपसभापति बन्नुभयो, महामन्त्री बन्नुभयो । अहिलेसम्म तपाईहरु सँगै बसेर पार्टी सभापतिसँग यो गर्नुपर्छ भन्नुभएको छ कि छैन ? हामीले यो टिम बनाउँदा चाहे शेरबहादुरजी होस् । चाहे रामचन्द्रजी होस् । चाहे कृष्ण सिटौला होस् । चाहे शेखर कोईराला होस् । हामी सबै सँगै बसेर यो टिमले कति राम्रो काम गरेको थियो । आज भाषण गर्ने, बोल्ने, कुरा गर्ने तर सँगै बसेर संयुक्त रुपले झगडा नगर्दा यो भनाई खाइरहनुपरेको छ । त्यसकारण म सुझाव दिन चाहन्छु तपाईहरुले टिम बनाउनुस् । त्यो टिम बनाउनुभयो भने तपाईहरुलाई समयले स्वागतका लागि प्रतिक्षा गरिरहेको छ । टिम बनाउनुस् । विचारका कुरा अगाडी ल्याउनुस् । कसैले केही गरेर हुन्न । समयले तपाईहरु युवाहरुको स्वागत गर्नका लागि पर्खिरहेको छ । हामीले आन्दोलन गर्न जान्यौँ । सत्ता चलाउन जानेनौँ । म आग्रह गर्न चाहन्छु, आदरणिय पार्टी सभापति शेरबहादुरजी हुनुहुन्छ ।’

‘८० वर्ष पुग्न थाल्नुभएको छ । जोश जाँगर भएका उपसभापति र महामन्त्री हुनुहुन्छ अब उहाँहरुले नेतृत्व लिनुप¥यो । भलै मैले चुनाव हारिसके । हामी तपाईहरुको पछाडी छौँ । तपाईहरुको सहयोगी छौँ । तर तपाईहरु अबदेखि सँगै हिँड्नुस् । मिटिङ राख्नुस् । एजेण्डा तयार गर्नुस् । तबमात्रै काँग्रेस बन्छ । एक्लै कहीँ पुग्न सकिदैनँ । बिपी कोईराला त एक्लै पुग्न सक्नुभएन । जोसँग सबैकुरा थियो । मैले आज युवा तरुण साथीहरुलाई आग्रह गरेँ, भन्नुस् शेरबहादुरजीलाई यत्रो केन्द्रिय समिति बन्यो, सदस्यहरु बने आफ्नै कनिकहरुको बारेमा लौन फलानालाई राख्नुपर्छ भन्न नसक्नेहरुले भोली अरुको प्रतिनिधित्व गर्न सक्दैनँ । भाषण गरेर हुँदैन । उत्तर दिएर हुँदैन । अब त प्रश्न गर्न जान्नुपर्छ । यो जमाना आयो ।’

उहाँले टिम नै बनाएर अगाडी बढ्न पनि आग्रह गर्नुभयो । टिम बनाएर अगाडी बढेमा युवाहरुलाई स्वागत गर्न समयले पर्खिरहेको उहाँको भनाई छ ।