२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday
Latest
त्रिवि उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा खड्ग केसीलाई होटल र पार्कले भरिँदै धरान आसपासका डाँडापाखा स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छः अध्यक्ष दाहाल बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, के भयो कुरा ? सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छः ट्रम्प विमानस्थलबाट गाँजासहित एक जना पक्राउ विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड दुई ‘रियालिटी शो’का लागि ६० देशबाट प्रतिभा छनोट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘इन्डियन २’ को डिजिटल अधिकार २०० करोडमा बिक्यो



अ+ अ-

एजेन्सी । ‘विक्रम’ को सफलतापछि साउथ सुपरस्टार कमल हसनको करियर एकपटक फेरि उकालो लागेको छ ।

कमल हालै प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चन स्टारर फिल्म ‘कल्की २८९८ एडी’ को टिममा सामेल भएका छ न्। यसबाहेक उनी शंकरको निर्देशनमा बन्ने फिल्म ‘इन्डियन २’ मा पनि देखिनेछन् ।

यस फिल्मसँग सम्बन्धित पछिल्लो अपडेट यो हो कि नेटफ्लिक्सले यसको डिजिटल अधिकार लगभग २०० करोड रुपैयाँमा खरिद गरेको छ । यी अधिकारहरू सबै भाषाहरूको हो ।

फिल्मसँग सम्बन्धित स्रोतले ई टाइम्सलाई भन्यो, ‘शंकरले इन्डियन २ मा उत्कृष्ट काम गरेका छन् । फिल्मको केही अंश हेरेकाहरु नतिजाबाट निकै खुसी छन् ।’

रिपोर्टमा विश्वास गर्ने हो भने यो फिल्मको पहिलो भाग जहाँ समाप्त भएको थियो त्यहीँबाट सुरु हुनेछ । यसको मतलब इन्डियन २ मा कमलको क्यारेक्टर ९० वर्षको बृद्धको हुनेछ ।

फिल्ममा कमललाई यो लुक दिन मेकअप आर्टिस्टले निकै मिहिनेत गरेका छन् । यसका लागि कमललाई मेकअप गर्न ४ घण्टा लागेको थियो भने त्यसलाई हटाउन दुई घण्टा लागेको थियो ।

‘इन्डियन २’ सन् १९९६ मा रिलिज भएको कमलको आफ्नै फिल्म ‘हिन्दुस्तानी’ (इन्डियन) को सिक्वेल हो । फिल्मको सिक्वेलमा निर्देशक शंकरको कामबाट कमल यति खुसी छन् कि उनले निर्देशकलाई जुनमा ८ लाख रुपैयाँको घडी उपहार दिएका थिए ।