२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गएरातिदेखिको लगातार वर्षाले देउखुरीका केहि स्थान डुबानमा



अ+ अ-

दाङ । गएरातिदेखिको लगातार वर्षाका कारण दाङको देउखुरी क्षेत्रका केही स्थान डुबानमा परेका छन् ।

भारी वर्षाका कारण दाङका देउखुरी, लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाका विभिन्न ठाउँहरु डुबानमा परेका हुन् । जिल्ला आपतकालिन कार्य संचालन केन्द्रको अनुसार लमहीको सुनडबरी, राजपुर –५ भुर्कीहवा, कौडिया (कान्तिपुर गाउँ)का केही घर ठाउँ डुबानमा परेका छन् । डुबानमा परेकाहरुको उद्दारको लागि शसत्र टोलीहरु खटिएका छन् ।

त्यस्तै देउखुरीमा कौडिया खोला र सिंगे खोलामा बाढी आउँदा तल्लो तटीय क्षेत्रमा रहेका बस्ती डुबानको उच्च जोखिममा छन् । अझै पानी परिरहेकाले दिनभर सतर्क रहन अपिल गरिएको छ ।

दाङका बगासोती, लालमटिया, घोराही, शुक्रबारे, भालुबाङ, लमही, रातामाटा लगायतका स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारी वर्षा भएका कारण राप्ती र बबईलगायत अन्य‍ नदीहरूको जलसतह बढ्न सक्ने भन्दै विभागले सतर्क रहन अपिल गरेको छ ।