२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो छैनः विमलेन्द्र निधी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा कम्युनिष्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भएपनि लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी काँग्रेस मात्रै रहेको जिकिर गर्नुभयो । उहाँले पार्टीमा सभापति भर्सेस महामन्त्री भन्नेकुरा नरहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीका गतिविधि पनि लोकतन्त्रमै विश्वास गरेर अघि बढाइएको बताउनु भयो । उहाँले काँग्रेस संविधानको सफल कार्यान्वयन र जनता र देशको हीतमा काम गर्नु नै काँग्रेसको अबको लक्ष्य रहेको बताउनु भयो ।

उहाँले भन्न्ुभयो, ‘पार्टी सभापति भर्सेस पार्टी महामन्त्री भन्नेकुरा छैन, भर्सेस केही पनि छैन । पहिला पनि थिएन, अहिले पनि छैन, नेपाली काँग्रेस डेमोक्रेसीमा विश्वास गर्ने पार्टी हो, मनमा लागेको कुरा सबैले भन्छन् । संविधानको सफल कार्यान्वयन र जनता र देशको हीतमा काम गर्नु नै काँग्रेसको अबको लक्ष्य हो । किसान, मजदुर, दलित, महिलाको पक्षमा काम गर्ने हो ।

केन्द्रिय समितिमा सबैले छलफल गर्नुभएको छ, एकतावद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्ने छ, जनताको काम गर्ने एउटा आवाज लिएर निस्किन्छ । नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी कुनै छैनन्, देशमा अरु त कम्युनिष्ट छन्, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी छन्, लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी काँग्रेस मात्रै छ ।’

नेता निधीले एकतावद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्नेकुरामा काँग्रेस केन्द्रिय समिति बैठकमा छलफल भएको बताउनु भयो ।