२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुनजन्य घटना: पौडी खेल्ने क्रममा झापामा मात्रै १० जनाको मृत्यु



symbolic picture
अ+ अ-

बनियानी । झापामा मनसुनजन्य घटनामा अधिकांशको पौडी खेल्ने क्रममै डुबेर मृत्यु हुने गरेको छ । गत जेठ १ गतेदेखि हालसम्म जिल्लाका विभिन्न नदी, खोला तथा जलासयमा डुबेर र मृतावस्थामा १० जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । ती मध्ये चार जनाको पौडी खेल्ने क्रममै डुबेर मृत्यु भएको छ । उनीहरू १३ वर्षदेखि २१ वर्ष उमेर समूहका थिए ।

त्यस्तै जमेको खाल्डोमा डुबेर, खोलाले बगाएर र खेल्ने क्रममा चिप्लिएर एक–एक जनाको मृत्यु भएको छ भने तीन जनाको शव ९नदी, खोला र नहर० डुबेको अवस्थामा फेला परेको प्रनाउ रिजालले बताउनुभयो । मृत्यु भएकामध्ये एक महिला, आठ पुरुष छन् भने एक जनाको शव सडेको अवस्थामा फेला परेकाले पहिचान हुन बाँकी छ ।

कनकाई नगरपालिका–२ का १८ वर्षीय सलिन गुरागाईँको शिवसताक्षी–१० स्थित दोमुखा ड्याममा पौडी खेल्ने क्रममा, गौरादह–९ स्थित किस्ने खोलामा गौरादह–२ का १३ वर्षीय एञ्जल ताजपुरियाको पौडी खेल्ने क्रममा, गौरीगन्ज गाउँपालिका–३ का १४ वर्षीय सागर पराजुली सोही स्थानको लेरा खोलामा पौडी खेल्ने क्रममा र इलाम माई नगरपालिका–८ स्थित सतासी झर्नाको दहमा साथीसँँग घुम्न गएका झापा कमल गाउँपालिका–५ पाडाजुँगीका २१ वर्षीय निश्चल भण्डारी पौडी खेल्ने क्रममा माथिबाट ‘डाइभ’ हान्दा पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरबाट गाईवस्तु चराउन गएकी शिवसताक्षी नगरपालिका–१० की २६ वर्षीया कमला राई सोही स्थानको कनकाई सिँचाइ नहर शाखा नहरको पानीमा घोप्टो परेको अवस्थामा मृत फेला परेकी थिइन् भने गौरादह नगरपालिका–६ टगुवास्थित रतुवा खोलाको बगरमा सोही स्थानका ६५ वर्षीय भागवत शर्मा घोप्टो परेको मृतावस्थामा फेला परेका थिए ।

यस्तै भद्रपुर नगरपालिका–९ शान्ति चोकका ७५ वर्षीय जीवन थापामगर भद्रपुर–८ स्थित मेची क्याम्पसको पूर्वपट्टि जमेको नालीको पानीमा मृतावस्थामा फेला परेका थिए भने बिर्तामोड नगरपालिका–६ का १९ वर्षीय अनिल मैनाली सोही स्थानको देउनिया खोला क्षेत्रमा च्याउ टिप्न गएको बेला खोला तर्ने क्रममा चप्पल बगाएकाले चप्पल टिप्ने जाँदा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापा गाउँपालिका–४ ग्रामथानस्थित नेपाल–भारतको दशगजा सिमाना क्षेत्रमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर झापा– का सात वर्षीय बालक डेनिस गणेशको खेल्ने क्रममा चिप्लेर डुबेर घाइते भएकामा उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएकामा अस्पताल पुर्याउना साथ सोही अस्पतालका डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यसैबीच बाह्रदशी गाउँपालिका–१ नयाँ बस्तीस्थित अदुवा खोलामा खोलाले बगाएर ल्याएको साडी बेरिएको अवस्थामा तत्काल नामथर वतन नखुलेको र पहिचान गर्न नसकिने गरी सडेगलेको अवस्थामा शव फेला परेकाले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रनाउ रिजालले बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । रासस