६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणका लागि मछिन्द्रको तयारी शुरु



अ+ अ-

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन क्लव मछिन्द्रले एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलका लागि तयारी शुरु गरेको छ ।

मछिन्द्रले नेपालको लिग च्याम्पियनको हैसियतमा एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलमा भूटानको लिग च्याम्पियन पारो एएफसीसँग खेल्दैछ । उक्त खेल दशरथ रंगशालामा आगामी साउन २३ गते शुरु हुँदैछ । सोही खेलका लागि मच्छिन्द्र फुटबल क्लवले तयारी थालेको हो । सोमवार दशरथ रंगशालामा एक कार्यक्रम आयोजना गर्दै क्लवले उक्त छनोट खेलका लागि अभ्यास शुरु गरेको जनाएको छ । क्लवका अध्यक्ष सुनिल कपालीले ललितपुरस्थित चर्च ब्वाइजको खेल मैदान र एन्फा कम्प्लेक्सको मैदानमा खेलाडीहरूले अभ्यास थालेको जानकारी दिनुभयो ।

मछिन्द्रको छनोट खेलमा २३ खेलाडी समावेश छन् । यीमध्ये ९ जना गत लिगमा विभिन्न क्लवबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई मछिन्द्रले एएफसी कप क्वालिफायर्सको यात्राका लागि अनुबन्धित गरेको छ । उनीहरूलाई एएफसी कप क्वालिफायर्सको यात्रा जारी रहँदा सम्मका अनुबन्धित गरिएको क्लबका महासचिव अनिल श्रेष्ठ बताउनुहुन्छ । गत वर्ष डेब्यु सिजनमा नै चर्च ब्वाइज क्लव शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन भएको थियो । यद्यपि, एएफसी क्लव लाइसेन्स नभएका कारण दोस्रो स्थानमा रहेको मछिन्द्रले एएफसी कप क्वालिफायर्स खेल्न पाएको हो ।

मछिन्द्रले गत सिजन पनि एएफसी कप क्वालिफायर्सकको प्रारम्भिक चरणको खेल खेलेको थियो । यद्यपि, घरेलु मैदानमा भएको उक्त खेलमा श्रीलंकाको ब्लु स्टारसँग २–० ले पराजित भएपछि मछिन्द्रको यात्रा अगाडि बढ्न सकेन । यस पटक भने मच्छिन्द्रले पहिलो चरणको खेल जित्ने लक्ष्यका साथ लिगका चर्चित विदेशी खेलाडी र राष्ट्रिय टोलीका खेलाडीलाई केही समयका लागि भित्राएको छ । तीमध्ये मेसुके ओलामोउ, लाकेन लिम्बू, सनिष श्रेष्ठ र आयुष घलान हुन् । यो खेल जितेमा मछिन्द्रले साउथ जोनको दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ ।

मछिन्द्रले यो खेल पनि जिते प्लेअफ राउण्डमा बंगलादेशको ढाका अबाहानी र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्न पाउनेछ । मछिन्द्रले क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलका किशोर केसीलाई नै प्रशिक्षणमा निरन्तरता दिएको जनाएको छ । तत्कालीन प्रशिक्षक प्रवेश कटुवालले राष्ट्रिय टोलीमा जिम्मेवारी पाएपछि केसी मच्छिन्द्रको प्रशिक्षणमा भित्रिएका थिए ।

मछिन्द्रले पारो एफसीसँगको खेलका लागि भिआइपीततर्फ पाँच सय र साधारणतर्फ दुई सय रुपैयाँ टिकटको मूल्य निर्धारण गरेको छ । त्यसका लागि क्लबले सोमवार नै पत्रकार सम्मेलनका अवसरमा टिकेटिङ पार्टनर माउण्ट एभरेस्ट स्पोर्ट्ससँग सम्झौता गरेको छ । क्लवका अध्यक्ष सुनिल कपाली र माउण्ट एभरेस्ट स्पोर्ट्सका सिइओ थमन भुसालले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।