२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday
Latest
वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान नागरिकलाई उद्यमशीलतामा जोड्दै हेफर कार्यक्रम । स्रोत नखुलेको रकम सहित पक्राउ म्यानमार सहयोग पठाउँदै सरकार रास्वपाको सचिवालय बैठक बुधबार नेपाल बुद्धले सिकाएको शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने देश होः सभामुख घिमिरे बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा नेपाल उद्योग वाणिज्य महासंघद्धारा म्यानमारका भुकम्प पिडीतहरुका लागि राहत सामग्री हस्तान्तरण नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी क्लब अल हिलाल एम्बाप्पेका लागि कीर्तिमानी मूल्य तिर्न तयार



अ+ अ-

काठमाडौँ । साउदी अरेबियन क्लब अल हिलालले फ्रान्सेली स्टार फरवार्ड केलियन एम्बाप्पेका लागि मँहगो रकम खर्चन तयार भएको छ ।

ताजा समाचार अनुसार अह हिलालले २४ वर्षीय एम्बाप्पेका लागि दुई सय ५९ मिलियन पाउण्ड खर्चन तयार रहेको जनाएको छ ।

अल हिलालले एम्बाप्पेका लागि २५ करोड ९० लाख पाउन्ड (करिब ४३ अर्ब ७७ करोड नेपाली रुपैयाँ) खर्चन तयार रहेको प्रस्ताव फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) सँग राखेको छ । कुनैपनि खेलाडीका लागि खर्चन लागिएको यो हालसम्मकै सबैभन्दा बढी रकम हो ।

सन् २०१८ मा पीएसजीमा आबद्ध भएका २४ वर्षीय एम्बाप्पेको सम्झौता आगामी एक वर्ष सम्मका लागि छ । त्यसपछि मात्र उनी पीएसजी छाडेर अन्य क्लबमा जान स्वतन्त्र हुनेछन् । तर, उनले पीएसजीसँग सम्झौता नविकरण गर्न चाहेका छैनन् ।

एम्बाप्पे नयाँ सिजनअघि नै पिएसजी छाड्ने मनस्थितिमा छन् । पिएसजी प्रि–सिजनको तयारीका लागि जापान र दक्षिण कोरियाको भ्रमणमा निस्किँदा एम्बाप्पे भने टोलीमा समावेश छैनन् । उनी स्पेनिस महारथी रियल मड्रिडमा जान चाहन्छन् ।

पीएसजीले भने एमबाप्पेलाई क्लबमा रहने वा नरहने भन्ने विषयको निणर्य लिन जुलाई ३१ तारिखसम्मको समय दिएको थियो । तर, एमबाप्पेले भने आफू पीएसजीमा नरहने संकेत दिइसकेका छन् ।

विश्व व्यवसायिक फुटबलमा हालसम्मको सबैभन्दा महंगो सम्झौता पीएसजी र नेयमारबीचको सम्झौता रहेको छ । सन् २०१७ मा पीएसजीले बार्सिलोनाबाट ब्राजिलियन स्टार नेयमारलाई भित्राउन १९८ मिलियन पाउन्ड खर्चेको थियो । नेयमारपछि मंहगो सम्झौताको रुपमा एम्बाप्पेलाई पिएसजीले मोनाकोबाट २०१८ मा १६३ मिलियन पाउन्डमा क्लबमा भित्र्याएको थियो ।