२२ असार २०८३, सोमबार
,
Latest
इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’ धुलिखेल–खावा सडकखण्डः रातका समयमा बन्द नगरिने खाद्य स्वच्छता र गुणस्तर पालना गर्न व्यवसायीलाई विभागको निर्देशन सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन ललितपुरमा युवतीमाथि सार्वजनिक रूपमा अश्लील हर्कत, पीडितकै भिडिओपछि आरोपीको खोजीमा प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी



फाइल फोटो
अ+ अ-

झापा। झापामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आजको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

कोशी प्रदेश भलिबल सङ्घलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएर सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको ‘बी’ समूह चरणको आफ्नो अन्तिम खेल जितेर पुलिस क्लब अन्तिम चारमा पुगेको हो । पुलिस क्लब ‘बी’ समूहको विजेता भएको छ ।

पुलिस क्लबले १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा कोशी प्रदेश भलिबल सङ्घलाई जितेको थियो । अब कोशी भलिबल सङ्घको टोली प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ‘प्लेयर अफ दी म्याच’ पुलिसकी आशिका क्षेत्री भइन् । उनलाई नगद रु पाँच हजार र ट्रफी प्रदान गरिएको थियो ।

शनिबार दुई सेमिफाइनल

प्रतियोगितामा शनिबार दुईवटै सेमिफाइनल खेल हुनेछन् । पहिलो सेमिफाइनलमा समूह ‘ए’को विजेता एपिएफ र समूह ‘बी’ को उपविजेता न्यू डायमन्डबीच हुनेछ । त्यस्तै, अन्तिम सेमिफाइनल खेलमा समूह ‘बी’को विजेता पुलिस क्लब र समूह ‘ए’ उपविजेता त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल मङ्सिर २१ गते हुनेछ । झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो ।

प्रतियोगिताको विजेताले रु दुई लाख, दोस्रोले रु एक लाख र तेस्रो हुने टोलीले समान रु ३० हजार पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताउनुभयो । रासस