• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

कानून हातमा लिने कार्यकर्ताको सदस्यता तत्काल खारेज गर्न महामन्त्री शर्माको प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कालोमोसो दल्ने तथा कानून हातमा लिने कार्यकर्ताको तत्काल सदस्यता खारेज गर्न प्रस्ताव गरेका छन् ।

पार्टि केन्द्रीय कार्यलय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन्।

‘पार्टीको कुनैपनि तह वा भ्रातृ वा शुभेच्छुक संस्था मर्यादित हुनैपर्छ । एक ठाउँमा कुनै घटना हुँदा देशभरको कांग्रेस आलोचित हुन्छ । यो विषयमा नीति महाधिवेशनबाट नीति नै बनाएर जानुपर्छ । कानून हातमा लिने र कालोमोसो दल्नेलाई कारबाहीको लागि कठोर हुनुपर्छ’, उनले भने ।