• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी ★   केकेआरसँग फाइनलमा को भिड्ने ? यस्तो छ इंग्ल्यान्डका लिजेण्डको भविष्यवाणी ★   कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट ★   ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार ★   व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश

पाकिस्तानले जित्यो एसिसी इमिर्जिङ कपको उपाधि, भारत १२८ रनले पराजित



शतक प्रहार गरेका पााकिस्तानी खेलाडी तयब ताहिर । तस्वीरः एसिसी

काठमाडौंः श्रीलंकामा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको आज सम्पन्न फाइनलमा एसिसी इमर्जिङ एसिया कप क्रिकेटको उपाधि पाकिस्तान ए ले जितेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तान ए ले भारत ए विरुद्ध निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३५३ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा भारत ए टिम २२४ रनमा अलआउट भएको थियो ।

यो जितसँगै पाकिस्तान लगातार दोस्रो पटक एसिसी इमिर्जिङ कपको च्याम्पियन बनेको हो ।

पाकिस्तान ए का लागि तयब ताहिरले ७१ बलमा धुँवाधार १०८ रन बनाएका थिए । साथै साइम अयुबले ५९, साहिबजादा फरहानले ६५, ओमार युसुफ र मुबासिर खान दुबैले ३५–३५ रन बनाएका थिए ।

जितका लागि विशाल लक्ष्य पछ्याएको भारत ए टिमका लागि अभिशेक शर्माले सर्वाधिक ६१ रन बनाएका थिए । कप्तान यस धुलले ३९ र साई सुदरसनले २९ रन बनाउनु बाहेक अन्य खेलाडीहरु सस्तैमा आउट भएका थिए ।

यस खेलका नायक तयब ताहिरले प्लेयर अफ दी म्याचको पुरस्कार प्राप्त गरेका थिए भने भारतका बलर निशान्त सिन्धुले खेल अवधिभर ११ विकेट लिएको भन्दै प्लेयर अफ दी सिरिज घोषित भए ।

यस प्रतियोगितमा नेपालको टिमले पनि सहभागिता जनाएको थियो । तर नेपाल समूह चरणबाटै बिदा भएको थियो ।