२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानले जित्यो एसिसी इमिर्जिङ कपको उपाधि, भारत १२८ रनले पराजित



शतक प्रहार गरेका पााकिस्तानी खेलाडी तयब ताहिर । तस्वीरः एसिसी
अ+ अ-

काठमाडौंः श्रीलंकामा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको आज सम्पन्न फाइनलमा एसिसी इमर्जिङ एसिया कप क्रिकेटको उपाधि पाकिस्तान ए ले जितेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तान ए ले भारत ए विरुद्ध निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३५३ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा भारत ए टिम २२४ रनमा अलआउट भएको थियो ।

यो जितसँगै पाकिस्तान लगातार दोस्रो पटक एसिसी इमिर्जिङ कपको च्याम्पियन बनेको हो ।

पाकिस्तान ए का लागि तयब ताहिरले ७१ बलमा धुँवाधार १०८ रन बनाएका थिए । साथै साइम अयुबले ५९, साहिबजादा फरहानले ६५, ओमार युसुफ र मुबासिर खान दुबैले ३५–३५ रन बनाएका थिए ।

जितका लागि विशाल लक्ष्य पछ्याएको भारत ए टिमका लागि अभिशेक शर्माले सर्वाधिक ६१ रन बनाएका थिए । कप्तान यस धुलले ३९ र साई सुदरसनले २९ रन बनाउनु बाहेक अन्य खेलाडीहरु सस्तैमा आउट भएका थिए ।

यस खेलका नायक तयब ताहिरले प्लेयर अफ दी म्याचको पुरस्कार प्राप्त गरेका थिए भने भारतका बलर निशान्त सिन्धुले खेल अवधिभर ११ विकेट लिएको भन्दै प्लेयर अफ दी सिरिज घोषित भए ।

यस प्रतियोगितमा नेपालको टिमले पनि सहभागिता जनाएको थियो । तर नेपाल समूह चरणबाटै बिदा भएको थियो ।