२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी दलबाट सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार: एनपी साउद



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार भइरहेको बताउनुभएको छ ।

कांग्रेसको यही साउन २ गतेदखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा आज उहाँले आफ्ना धारणा राख्दै सत्ता नपाएपछि विपक्षी दलले सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार गरिरहेको आरोप लगाउनुभयो ।

विपक्षमा रहेका दल सत्ता नपाएपछि रन्थनिएका जस्तो अवस्थामा देखिएको टिप्पणी गर्दै नेता साउदले भन्नुभयो, “सेना जस्तो संस्थामा केही पार्टीले आक्रमण गरिरहेका छन् । मुलुकको असंलग्न परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार गर्ने काम भइरहेको छ ।” प्रमुख सत्ता साझेदार दल कांग्रेस सही बाटोमा हिँड्न आत्मविश्वासका साथ अघि बढ्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । रासस