१९ श्रावण २०८३, मंगलवार
,
Latest
शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी २०७३ को निर्देशिका खारेज गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु माकलबारी–देशे सडक विस्तारमा नेपाली सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टोक्ति प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत मुन्दडाको घरमा खानतलासी गर्ने मोरङ प्रहरी प्रमुखसँग स्पष्टीकरण माग सुकुम्बासी समस्या समाधानका लागि सात दिनभित्र एकीकृत कार्ययोजना ल्याउन माग काँग्रेसले भन्यो ‘मधेसमा ज्यान जानेगरी गोली चलाउने अवस्था कसरी आयो, सरकारले चित्तबुझ्दो जवाफ देओस्’ विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए तीन महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने सरकारको निर्णय राजनीतिक स्टन्ट होइन, सुकुमवासीको समस्या कानुनी रूपमा समाधान गर्नुपर्छ; पद्मा अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने युवक पक्राउ



अ+ अ-

काठमाडौँ । ललितपुरको चापागाउँ दोबाटोस्थित बीच सडकमा ट्राफिक प्रहरी कुट्ने युवक पक्राउ परेका छन् ।

ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार सुनिल शाहमाथि निर्घात कुटपिट गर्ने ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राईलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो राईले ट्राफिक व्यवस्थापनमा काम गरिरहेका हवलदार शाहसँग निहुँ खोजी एक्कासी कुटपिटमा उत्रिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए।

राईलाई सोही दिन पक्राउ गरी सातदोबाटो प्रहरी वृत्तमा राखिएको छ। उनीविरूद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने एसपी कार्कीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।