३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 25.08

Wind: 2.06

Humidity: 47

तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आजको मौसम पूर्वानुमान



अ+ अ-

काठमाडौँ । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसले गर्दा हाल देशभर आंशिक देखि सामान्य बदली रही देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। बागमती प्रदेश,कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका केहि स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।