२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयता खारेज र हिन्दराष्ट्रको माग गर्दे राप्रपा नेपाल सडकमा-फाेटो फिचर



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संघीयता खारेज गर्दै हिन्दराष्ट्र कायम राख्नु पर्ने भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

अध्यक्ष कमल थापाको नेतृत्वमा भद्रकालीबाट सुरु भएको र्‍याली न्युरोड, असन, ईन्द्रचोक हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा परिणत भएको छ ।

राप्रपा नेपालका भ्रातृ संगठनहरूको आयोजनामा भएको कार्यक्रममा मुलुकमा व्याप्त भ्रष्टाचार , बेतिथी , बेरोजगारी समस्या, महङ्गी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाईएको छ ।

सुशासनको पक्षमा र देशमा बढ्दै गएको अपराधिक घटनाको विरोधमा प्रदर्शन गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो ‘जबसम्म देशमा संघीय व्यवस्था रहन्छ तबसम्म मुलुक अगाडि बढ्न सक्दैन् ।’