९ श्रावण २०८३, शनिबार
,
Latest
ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैभन्दा धेरै अन्तर्राष्ट्रिय रन बनाउने पाँचौं ब्याट्सम्यान बने कोहली



अ+ अ-

एजेन्सी । भारत र वेस्ट इन्डिजबीचको टेष्ट सिरिजको दोस्रो खेल आज बेलुका हुँदैछ । दुई टोलीबीचको यो १००औँ टेस्ट पनि हो ।

आफ्नो ५ सय औँ अन्तर्राष्ट्रिय खेल खेलेका विटार कोहली ८७ रन बनाएर नटआउट फर्किए । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने पाँचौं ब्याट्सम्यान बने । उनले ज्याक कालिसलाई पछाडि छोडे । कोहली बाहेक युवा खेलाडी यशस्वी जैसवाल र भारतीय कप्तान रोहित शर्माले पनि पहिलो दिन एक–एक कीर्तिमान बनाएका छन् ।

दोस्रो टेस्टको पहिलो दिन विराट कोहली ८७ रन बनाएर नटआउट रहे । यो इनिङ्ससँगै उनको अन्तर्राष्ट्रिय क्रिकेटमा २५ हजार ५४८ रन पूरा भएको छ । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानमध्ये ५ नम्बरमा पुगेका छन् । उनले दक्षिण अफ्रिकाका अनुभवी अलराउन्डर ज्याक कालिसलाई पछि पारेका छन् । कालिसले ५१९ खेलमा २५ हजार ५३४ रन बनाएका छन् ।

श्रीलंकाका महेला जयवर्धने ६५२ खेलमा २५ हजार ९५७ रन बनाएर चौथो नम्बरमा कोहलीभन्दा अगाडि छन् । सबैभन्दा धेरै रन बनाउने कीर्तिमान सचिन तेन्दुलकरको नाममा छ, उनले ३४ हजार ३५७ रन बनाएका छन् ।

खेलाडी                                 खेल                   रन                     औसत           शतक
सचिन तेन्दुलकर                     ६६४                    ३४३५७                ४८.५२              १००
कुमार सांगाकारा                    ५९४                     २८०१६                ४६.७७              ६३
रिकी पोन्टिङ                        ५६०                    २७४८३                 ४५.९५               ७१
महेला जयवर्धने                     ६५२                   २५९५७                  ३९.१५                ५४
विराट कोहली                       ५००*                  २५५४८                 ५३.६७               ७५