२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैभन्दा धेरै अन्तर्राष्ट्रिय रन बनाउने पाँचौं ब्याट्सम्यान बने कोहली



अ+ अ-

एजेन्सी । भारत र वेस्ट इन्डिजबीचको टेष्ट सिरिजको दोस्रो खेल आज बेलुका हुँदैछ । दुई टोलीबीचको यो १००औँ टेस्ट पनि हो ।

आफ्नो ५ सय औँ अन्तर्राष्ट्रिय खेल खेलेका विटार कोहली ८७ रन बनाएर नटआउट फर्किए । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने पाँचौं ब्याट्सम्यान बने । उनले ज्याक कालिसलाई पछाडि छोडे । कोहली बाहेक युवा खेलाडी यशस्वी जैसवाल र भारतीय कप्तान रोहित शर्माले पनि पहिलो दिन एक–एक कीर्तिमान बनाएका छन् ।

दोस्रो टेस्टको पहिलो दिन विराट कोहली ८७ रन बनाएर नटआउट रहे । यो इनिङ्ससँगै उनको अन्तर्राष्ट्रिय क्रिकेटमा २५ हजार ५४८ रन पूरा भएको छ । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानमध्ये ५ नम्बरमा पुगेका छन् । उनले दक्षिण अफ्रिकाका अनुभवी अलराउन्डर ज्याक कालिसलाई पछि पारेका छन् । कालिसले ५१९ खेलमा २५ हजार ५३४ रन बनाएका छन् ।

श्रीलंकाका महेला जयवर्धने ६५२ खेलमा २५ हजार ९५७ रन बनाएर चौथो नम्बरमा कोहलीभन्दा अगाडि छन् । सबैभन्दा धेरै रन बनाउने कीर्तिमान सचिन तेन्दुलकरको नाममा छ, उनले ३४ हजार ३५७ रन बनाएका छन् ।

खेलाडी                                 खेल                   रन                     औसत           शतक
सचिन तेन्दुलकर                     ६६४                    ३४३५७                ४८.५२              १००
कुमार सांगाकारा                    ५९४                     २८०१६                ४६.७७              ६३
रिकी पोन्टिङ                        ५६०                    २७४८३                 ४५.९५               ७१
महेला जयवर्धने                     ६५२                   २५९५७                  ३९.१५                ५४
विराट कोहली                       ५००*                  २५५४८                 ५३.६७               ७५