२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: आरोपीले दायर गरेको रिटमा सर्वोच्चले फैसला सुनाउँदै



अ+ अ-

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा पक्राउ परेका आरोपीतहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।

गत सोमबारदेखि निरन्तर सुनुवाई भईरहेको रिटमाथि आज न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले फैसला गर्नेछ ।

यस प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ,बहालवाला सूचना तथा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार साह र मालपोत कार्यालयका कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दाको आज फैसला सुनाइने भएको हो ।