५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिले प्रस्तावित छ राजदूतको सुनुवाई गर्ने



अ+ अ-

काठमाडौं: संघीय संसद अन्तर्गत संसदीय सुनुवाई समितिले नेपाल सरकारले प्रस्ताव गरेका छ राजदूतको सुनुवाई गर्न सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

सरकारले परराष्ट्र सेवामा कार्यरत छ जना वरिष्ट अधिकृतहरुलाई विभिन्न मुलुक एवं नियोगहरुका लागि राजदूतमा प्रस्ताव गरेको थियो ।

उक्त प्रस्तावमा लोक बहादुर थापालाई राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि, राम प्रसाद सुवेदीलाई राष्ट्रसंघीय नियोग जेनेभाका लागि स्थायी प्रतिनिधि, सुधिर भट्टराईलाई फ्रान्सका लागि आवासीय राजदूत, घनश्याम लम्साललाई कुवेतका लागि राजदूत, तेज बहादुर क्षेत्रीलाई युएईका लागि राजदूत तथा धन बहादुर वलीलाई थाइल्यान्डका लागि आवासीय राजदूतमा सिफारिस गरिएको थियो ।
प्रस्तावित सबै परराष्ट्र सेवाका सहसचिवहरु हुन् ।

संसदीय सुनुवाई समितिले उक्त पदहरुमा नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित दश दिनभित्र (साउन १४ गतेसम्म) सूचना वा उजूरी दिन सकिने जनाएको छ ।

साथै सूचना दिने सूचनादाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचनादाताको नाम गोप्य राख्न सकिने पनि समितिको भनाई छ । देशका ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले समितिको सूचनालाई जिल्ला प्रशासन कार्यालय लगायत सम्भव भएसम्म अन्य सरकारी कार्यालय तथा सार्वजनिक स्थलहरुमा टाँस्ने व्यवस्था गरिदिन पनि अनुरोध गरेको छ ।




भर्खरै