९ श्रावण २०८३, शनिबार
,
Latest
ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईले सन् २०३० सम्ममा कूल गार्हस्थ्य उत्पादन दोब्बर बनाउने



अ+ अ-

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई)ले सन् २०३० सम्ममा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) दोब्बर बनाउने लक्ष्य राखेको छ ।

यूएईले आफ्नो कूल गार्हस्थ्य उत्पादनलाई यस दशकको अन्त्यसम्ममा दोब्बर गरी ८०० अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको त्यहाँका अर्थमन्त्रीले बिहीबार बताएका हुन् ।

संयुक्त अरब इमिरेट्स (यूएई)का अर्थमन्त्री अब्दुल्ला बिन तौक अल मारीले ब्लुमबर्ग टेलिभिजनसँगको अन्तर्वार्तामा भने, “हामीले सन् २०३० को अन्त्यसम्ममा हाम्रो अर्थतन्त्रलाई तीन ट्रिलियन दिराम (८१७ अर्ब डलर) पुर्याउन आवश्यक छ ।”

उक्त लक्ष्य हासिल गर्न मुलुकले वार्षिक सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नुपर्ने र यसका लागि मुलुकभर नीतिगत काम भइरहेका उनले बताए।

सन् २०२२ मा देशको आर्थिक वृद्धिदर ७।९ प्रतिशतले बढेर १।६२ ट्रिलियन दिराम पुगेको देशको सङ्घीय प्रतिस्पर्धात्मकता तथा तथ्याङ्क केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । कच्चा तेलको उच्च मूल्य र उत्पादनका कारण यो वृद्धि भएको हो ।