११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

पछिल्लो सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पष र निष्कर्षमा पुग्ने गरी हुन्छः गृहमन्त्री श्रेष्ठ

पछिल्लो सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पष र निष्कर्षमा पुग्ने गरी हुन्छः गृहमन्त्री श्रेष्ठ
अ अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्वीन्टल सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताउनु भएको छ ।

उहाँले यस्ता घटनाहरुबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसून भनेर यस अघि नै सम्बन्धित निकायलाई निर्देशन दिईसकेको पनि स्मरण गराउनु भयो । बिहीबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरुसँगको छलफल पछि गृहमन्त्री श्रेष्ठले दोषीलाई छिट्टै कानुनको दायरामा ल्याउने गरी अनुसन्धानको कामलाई अघि बढाइएको बताउनु भयो । उहाँले अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा आफूले यस अघि पनि छलफल गरेको र त्यसलाई छिट्टै निष्कर्षमा पु-याउने आश्वासन समेत दिनु भयो ।

अर्थ मन्त्रालयसँग समन्वय गरेर सो कामलाई अघि बढाउने गृहमन्त्री श्रेष्ठको भनाई थियो । उहाँले भन्नु भयो, ‘यो विषय अहिले त्यति चर्चा गर्न उपयुक्त ठान्दिन । तर तथ्य के हो भने आगमन पछाडि प्रहरीको कुनै ठाउँमा भूमिका हुँदैन । त्यहाँ कष्टम क्लिअरेन्समा पनि हुँदैन । त्यसकारण हाम्रो छलफल पहिला देखिनै सुरु भएको थियो कि त्यहाँ कष्टममा पनि क्लिअरेन्समा प्रहरीको भूमिका हुने गरी व्यवस्थापन गर्न उचित हुन्छ भनेर हामीले यस भन्दा अगाडिनै प्रस्ताव राखिराखेका छौं । त्यसो त हामीले अवैधानिक रुपमा भित्र्याइएका, कतिपय ट्रकमा ल्याइएका सामानहरु पनि हाम्रो प्रहरीले पक्रेर बुझाउँदाखेरी सम्बन्धित निकायले प्रहरीकै रोहवरमा खोलिदिने ग¥यो भने उपयुक्त हुन्छ भनेर त्यो प्रस्ताव पनि अर्थ मन्त्रालयसँग गरिसकेका थियौं । त्यसकारण यसबारेमा अहिलेसम्म भएको कार्यविभाजनलाई नयाँ ढंगले छलफल गरेर, समन्वय गरेर अगाडि बढाउनु उपयुक्त हुन्छ भन्ने हाम्रो हो । तर, यो घटनाको सन्दर्भलाई लिएर कसैलाई जिम्मेवारी थोपर्ने वा कसै बस्ने ढंगले चाँही छलफल गर्नु उचित छैन । खाली हाम्रो कामहरुलाई अझ प्रभावकारी ढंगले सम्पादन गर्न के गर्नु पर्छ भन्ने सन्दर्भमा हामी गम्भिरतापूर्वक गर्दैछौं ।

यो घटनाको अनुसन्धानलाई हामी गम्भिरतापूर्वक अगाडि बढाउँछौं । अनुसन्धानको बारेमा यो घटना घटेपनि, नघटेपनि जुन घटना हुन्छ । हाम्रो स्टयाण्डबाई निर्देशन छ । प्रधानमन्त्रीको पनि स्टयाण्डबाईं निर्देशन छ । जुनसुकै निकायले गर्नुपर्ने भएपनि, जुनसुकै घटना भएपनि निर्दोष नफसून । र, घटनाक्रमको वा कुनै पनि परिघटनाको सन्दर्भमा अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्नेगरी होस् । र, दोषीलाई चाँही कानुनको दायरामा ल्याउने गरी होस् भन्ने हाम्रो स्टयाण्डबाई निर्देशन छ । त्यसै आधारमा हुन्छ ।’

गृहमन्त्री श्रेष्ठले गृह मन्त्रालयको समग्र क्षेत्रको पुनर्संरचना गरेर सुशासन कायम गर्नका लागि आफूले एउटा कार्यदल नै बनाउने घोषणा गरिसकेको पनि दोहो¥याउनु भयो । उहाँले कार्यदल अन्तरगत उपकार्यदल समेत बनाएर गृह मन्त्रालयको कामलाई प्रभावकारी बनाउनुपर्नेमा आफूले सुरु देखिनै जोड दिएको दावी समेत गर्नु भयो । गृहमन्त्री श्रेष्ठले भन्नु भयो, ‘आगामी दिनमा हाम्रो गृह मन्त्रालयको प्रशासनिक क्षेत्रको र सुरक्षा निकायको आन्तरिक सुधार गर्ने र त्यसपछि बाहिर सुशासन कायम गर्ने काम गर्नु पर्छ भन्ने ठानेका छौं । त्यसकारण यो दुवै क्षेत्रमा तपाईँहरुको सुझाव बहुआयामिक रहेको छ । चाहे तपाईँहरुले राष्ट्रिय सुरक्षासँग सम्बन्धित होस् । यसबारेमा पनि सुझाव दिनु भएको छ । हाम्रो नेपाल प्रहरी बल, सशष्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धानलाई त्यसको संगठनात्मक संरचनामा नै कहाँ कहाँ ध्यान दिनुपर्ने हुन्छ ।

त्यसको क्यारिअर प्रणालीमा कहाँकहाँ ध्यान दिनुपर्ने हुन्छ । बढुवा, सरुवामा कहाँकहाँ ध्यान दिनुपर्ने हुन्छ ? उनीहरुको जिम्मेवारी विन्यास गर्दा कुनकुन कुरामा ध्यान दिनुपर्छ । प्रहरी समायोजन गर्दाखेरी जुन ऐन बनेको छ । त्यसलाई पनि विचार गर्नु पर्छ । ती सुझावहरुलाई मन्त्रालयले गम्भिरतापूर्वक लिएको छ । र, त्यसलाई समेत ध्यान दिएर आगामी दिनहरुमा हामी एकातिर हाम्रो संगठनात्मक, संरचनागत सुधारमा, कार्यप्रणालीमा सुधारलाई अगाडि बढाउने छौं भने अर्कोतिर हामीले शान्ति सुरक्षा र अपराध नियन्त्रणलगायत यो समग्र क्षेत्रको कामलाई सरल, सहज ढंगले तर जनमुखि ढंगले गर्नका निम्ति हामीले त्यसलाई ग्रहण गर्नेछांै । त्यसकारणले यस प्रकारको छलफलहरुलाई हामीलाई बाटो देखाउने काम गरेको छ । हामीले फेरी पनि बेलाबेलामा तपाईँहरुसँग छलफल गरिराखेका छौं ।

अहिले तपाईँहरुले दिनुभएको सुझावको आधारमा कतिपय कार्यक्रम मैले अस्ती पनि भनेको थिए र ओभरल रिफर्मका लागि हामीले एउटा कार्यदल बनाउँछौं । त्यो कार्यदल अन्तगत पनि उपकार्यदलहरु जस्तो नेपाल प्रहरीको निम्ति, सशष्त्र प्रहरी बलको निम्ति छुटै, राष्टिय अनुसन्धानका निम्ति छुट्टै, राष्ट्रिय अनुसन्धान अहिले प्रधानमन्त्री कार्यालय अन्तरगत रहेको छ । यहाँ आएको सुझाव अन्तरगत हामी छलफल गरिराखेका छौं कि राष्ट्रिय अनुसन्धानलाई नै गृह मन्त्रालय अन्तरगत ल्याउने र अर्को काउन्टर इन्टेलिजेन्स एजेन्सी खडा गर्ने कि प्रधानमन्त्री कार्यालय अन्तर कि अहिले राष्ट्रिय अनुसन्धानलाई त्यो जिम्मेवारी दिएर प्रधानमन्त्री कार्यालयमा राख्ने र यहाँ इन्टेलीजेन्सको अर्को एजेन्सी खडा गर्ने भन्ने छलफल हुँदैछ । ’

गृहमन्त्री श्रेष्ठले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय अन्तरगत ल्याउने विषयमा पनि छलफल भईरहेको बताउनु भयो ।