• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर

छक्का पन्जा ४ बन्यो सर्वाधिक कमाई गर्ने चलचित्र, अरु फिल्मले कति कमाए? (सूचीसहित)



काठमाडौँ । चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको छ

गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी चलचित्रहरू रिलिज भएका छन् । स्वदेशी चलचित्रहरूको २७,१६,२१७ थान टिकट बिक्रिसहित जम्मा ग्रस व्यापार ७६,७२,५७,००१ (छहत्तर करोड बहत्तर लाख सन्ताउन्न हजार एक रुपैयाँ मात्र) भएको छ ।

बोर्डले सार्वजनिक गरेको तथांकअनुसार १७ करोड ५२ लाख कमाउँदै ‘छक्का पन्जा ४’ धेरै कमाउने नेपाली फिल्म बनेको छ। ‘छक्का पन्जा ४’ को ६ लाख २९ हजार टिकट बिक्री भएको छ।

त्यस्तै १७ करोड १७ लाख कमाउँदै ‘जारी’ धेरै कमाउने दोस्रो फिल्म बनेको छ। ‘जारी’को ६ लाख १९ हजार टिकट बिक्री भएको छ। जारी प्रदर्शनरत रहेकाले आर्थिक वर्षको अन्तिम दिन २०८० असार ३१ सम्मको रिपोर्ट समावेश गरिएको बोर्डले जनाएको छ ।

यो सूचीको तेस्रो नम्बरमा प्रेम गीत ३ आएको छ । फिल्मले ७ करोड ७० लाख बढी कलेक्सन गरेको छ ।

त्यस्तै महापुरुष ७ करोड ३८ लाख र दुई नम्बरी ३ करोड ८४ लाख आम्दानी गरेको छ ।  फिल्म फूलबारीले ३ करोड ५३ लाख, झिँगेदाउले ३ करोड ४१ लाख, के घर के डेराले २ करोड ६५ लाख, प्रेम गीत ३ हिन्दीले २ करोड २७ लाख र प्रकाशले १ करोड ७५ लाख कमाएको छ ।

त्यसैगरी, गत आर्थिक वर्षमा ७८ वटा विदेशी चलचित्रहरू नेपालमा प्रदर्शन भएको बोर्डले जनाएको छ । यि चलचित्रहरूको २५,८५,६०२ थान टिकट बिक्रिसहित जम्मा ग्रस व्यापार ७९,४३,०४,७४८.७०( उनासी करोड त्रिचालिस लाख चारहजार सात सय अठचालिस रुपैयाँ सत्तरी पैसा मात्र)भएको छ ।

विदेशी फिल्ममा हिन्दी फिल्म पठानले सर्वाधिक कमाइ गरेको छ । पठानले १३ करोड भन्दा बढी आम्दानी गरेको छ ।

हेर्नुस् गत आर्थिक वर्षमा रिलिज भएका फिल्मको कमाइ:

07980 BOX OFFICE COLLECTION