• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

सुन र चाँदीको मूल्यले एकैसाथ बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज (बिहीबार) सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।  लगातार बढिरहेको सुनचाँदीको मूल्यले आज हालसम्मकै उच्च मूल्यसहित नयाँ रेकर्ड बनाएको हो।

गत जेठ १९मा सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। उक्त रेकर्ड तोड्दै आज सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ पुगेको छ।

आज छापावाल सुन प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख १३ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार उक्त सुन तितोला एक लाख १३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुन प्रतितोला एक लाख १२ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड राख्न सफल भएको छ। बुधबार प्रतितोला १ हजार ४ सय ९० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको चाँदीले आज नयाँ रेकर्ड बनाएको हो ।

आज चाँदी प्रतितोला ५ रुपैँयाले बढेर १ हजार ४ सय ९५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।