१९ श्रावण २०८३, मंगलवार
,
Latest
सुकुम्बासी समस्या समाधानका लागि सात दिनभित्र एकीकृत कार्ययोजना ल्याउन माग काँग्रेसले भन्यो ‘मधेसमा ज्यान जानेगरी गोली चलाउने अवस्था कसरी आयो, सरकारले चित्तबुझ्दो जवाफ देओस्’ विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए तीन महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने सरकारको निर्णय राजनीतिक स्टन्ट होइन, सुकुमवासीको समस्या कानुनी रूपमा समाधान गर्नुपर्छ; पद्मा अर्याल प्रतिनिधि सभामा आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेश नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु तुलसीपुर उपमहानगरपालिकाको लक्ष्यअनुसार राजस्व सङ्कलन कठिन सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टिस्नेक भेनम’को अभाव छैनः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन र चाँदीको मूल्यले एकैसाथ बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज (बिहीबार) सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।  लगातार बढिरहेको सुनचाँदीको मूल्यले आज हालसम्मकै उच्च मूल्यसहित नयाँ रेकर्ड बनाएको हो।

गत जेठ १९मा सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। उक्त रेकर्ड तोड्दै आज सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ पुगेको छ।

आज छापावाल सुन प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख १३ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार उक्त सुन तितोला एक लाख १३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुन प्रतितोला एक लाख १२ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड राख्न सफल भएको छ। बुधबार प्रतितोला १ हजार ४ सय ९० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको चाँदीले आज नयाँ रेकर्ड बनाएको हो ।

आज चाँदी प्रतितोला ५ रुपैँयाले बढेर १ हजार ४ सय ९५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।