२८ चैत्र २०८१, बिहीबार
April 10, 2025 Thursday
तपाईं के खोज्दै हुनुहुन्छ ?

साँगा बस दुर्घटना अपडेटः सात जना घाइते



अ+ अ-

काठमाडौं । काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बस भक्तपुरको साँगामा दुर्घटना हुँदा सात यात्रु घाइते भएका छन् ।

बा. ४ ख ९३९६ नम्बरको बस साँगाको पुलमुनि खसेर दुर्घटना भएको हो । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पुर्‍याइएको छ । घाइतेको उद्धारमा प्रहरी र स्थानीय खटिएका थिए ।