९ श्रावण २०८३, शनिबार
,
Latest
बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशलको दमदार प्रदर्शनमा नेपालले युएईलाई ३ विकेटले हरायो



file photo can
अ+ अ-

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले जित हात पारेको छ । कुशल भुर्तेलको ६ विकेट तथा सानदार अर्धशतकको मद्धतमा नेपालले युएई ए लाई ३ विकेटले पराजित गरेको हो ।

पि सारा ओभल कोलोम्बोमा सम्पन्न खेलमा युएईले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४३ बलमा ७१ रनको सानदार अर्धशतक बनाए । भुर्तेलले ९ चौका र ४ छक्का प्रहार गरेका थिए ।

यस्तै, सन्दीप जोरा र देव खनालले समान २४र२४ रन बनाए । युएईका लागि मोहम्मद फजुरुद्दिनले ५ तथा मोहम्मद जगदुल्लाहले २ विकेट लिए ।

त्यसअघि टस जितेर टस जितेर पहिले ब्याटिङ थालेको युएईले ४४ ओभरमा अलआउट हुँदै १५७ रन जोडेको हो । उसका लागि लवप्रित सिंहले सर्वाधिक ५२ रन जोडे । ८२ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, इथान डीसुजाले २५ बलमा १८, यशवान्त वल्थपाले ३२ बलमा १६, आर्यान्स शर्माले ३० बलमा १४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले ६ विकेट लिए भने मौसम ढकालले २ तथा कुशल मल्ल र पवन शर्राफले १–१ विकेट लिए । राष्ट्रिय टोलीबाट भुर्तेलले एकै ईनिङमा लिएको यो सर्वाधिक विकेट हो ।

यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।

समूह ए बाट श्रीलंका ए र बंगलादेश ए ले सेमिफाइनलमा स्थान बनाइसकेका छन् भने समूह बी बाट भारत ए र पाकिस्तान ए ले सेमिफाइनलको टिकट काटेका छन् । भारत र पाकिस्तानबीचको खेल जारी छ । विजयी टोली समूह विजेता बन्नेछ भने पराजित टोली उपविजेता बन्दै सेमिफाइनल खेल्नेछ ।

सेमिफाइनलका दुई विजेता उपाधिका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा हुनेछ ।