२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालसामु युएई १५७ रनमा अलआउट



अ+ अ-

काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तरगत यूएई ए ले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको युएईले ४४ ओभरमा अलआउट हुँदै १५७ रन जोडेको हो । उसका लागि लवप्रित सिंहले सर्वाधिक ५२ रन जोडे । ८२ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, इथान डीसुजाले २५ बलमा १८, यशवान्त वल्थपाले ३२ बलमा १६, आर्यान्स शर्माले ३० बलमा १४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले ६ विकेट लिए भने मौसम ढकालले २ तथा कुशल मल्ल र पवन शर्राफले १–१ विकेट लिए । राष्ट्रिय टोलीबाट भुर्तेलले एकै ईनिङमा लिएको यो सर्वाधिक विकेट हो ।