४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना
अ+ अ-

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको छ ।

सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो । यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो ।

यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ । सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको भुमिका बारेमा स्पष्ट पारिएको छ ।

बुधवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रुद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्शन प्लानसहित विशेष सर्कुलर जारी गरेको बताउनु भयो ।

‘डेंगुको जोखिम बढ्नसक्छ भनेर केही कार्ययोजना बनाएका छौं । यो वर्षको कार्ययोजना बनीसकेको छ । कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास कसरी रोक्ने ? उपचारमा केके गर्ने ? स्थानीय तहको भुमिका के हो ? रेडक्रसको भूमिका के हो ? भन्ने विषय समेटेका छौं । मरासिनिले भन्नुभयो, कार्ययोजना ७७ वटै जिल्लामा पठाइसकेका छौं । बढी जोखिम भएका ९२ वटा पालिकामा एक्शन प्लानसहित विशेष सर्कुलर गरिसकेका छौं । बढी जोखिम भएका ठाउँहरु काठमाडौं ललितपुर,भक्तपुर चितवन र मकवानपुरका सरोकारवालाहरुसंग बसेर कार्यक्रम गरिसकेका छौं । उच्चस्तरीय डेंगु नियन्त्रण कमिटीमापनि छलफल गरेर निर्णयहरु गरेका हौं ।’

डा. मरासिनीले नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको बताउनु भयो । उहाँले पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म २ हजार ९ सय ३० जनामा डेंगु संक्रमण देखिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘सन् २००४ देखि २०२३ सम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म २ हजार नौ सय ३० जनामा डेंगु संक्रमण देखिएको छ ।’

मरासिनीले डेंगुको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबिच समन्वय भइरहेको पनि बताउनु भयो । सरकारको प्राथमिकता लामखुट्टे बस्ने ठाउँहरुको नष्ट गर्नु, घर आँगन, कार्यालय वरीपरी पानी जमेको ठाउँको नष्ट गर्नु रहेको बताउनु भयो । लामखुट्टेको वृत्तिविकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुने बताउनु भयो । अहिलेपनि देशभरका धेरै ठाउँहरुबाट केसहरु बढ्दै गएको उहाँको भनाई छ । लामखुट्टेको वृत्तिविकास हुन नदिने वातावरणको सृजना गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले मनसुन बढेसँगै डेंगुका बिरामीको संख्या बढेको बताउनु भयो । ‘प्रदेश र संघ सरकारबिच समन्वय राम्रो छ ।

उहाँहरुसँग हामीले छलफल गरिरहेका छौ । स्थानीय तह त्यसमा पनि जोखिम बढी भएका स्थानीय तहहरुसँग हामीले समन्वय गरेका छौं । यद्यपी यसको गम्भिरताका बारेमा सबै स्थानीय तहका जिम्मेवार अधिकारीहरुमा जानकारी नभएको हुनसक्छ । हामी सबैको प्राथमिकता के हो भने डेंगु सार्ने लामखुट्टेको वृत्ति विकास सङ्लो पानीमा हुन्छ । थोरै पानी जम्यो भनेपनि त्यसमा लामखुट्टेले अण्डा पारेर लामखुट्टे बढ्छ । त्यसकारण प्रत्यक दिन हाम्रो घर आँगन, कार्यालय वरीपरी घुमेर पानी जमेको ठाउँ कतै छ भने पानी भएको ठाउँ नष्ट गर्नुपर्छ ।’

उहाँले थप्नुभयो, ‘डेँगु बर्षायामको शुरुसँगै बढ्ने किटजन्य रोग हो । एडिस एजिप्टाई/एल्बोपिक्टर्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । एक जना संक्रमित बिरामीबाट अर्को बिरामीमा सार्छ । लामखुट्टेको वृत्ति विकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुन्छ । अहिलेपनि देशभरका धेरै ठाउँहरुबाट केसहरु बढ्दै गएको अवस्था देखिन्छ । गत वर्ष जुलाई, अगष्ट र सेप्टेम्बरमा करिब ५४ हजारमा डेंगु संक्रमण देखिएको थियो । गत जुलाई १५ सम्म करिव तीन हजार केस रिपोर्टिङ भइसकेको छ ।’

डा.मरासिनीले डेंगु रोकथाममा सरकार गम्भिर भएर लागेको बताउनु भयो । लामखुट्टेलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आम नागरिकमा सचेतना पु¥याउनुपर्ने बताउनु भयो । डेंगु सरुवा रोग भएकाले आफ्नो ठाउँबाट सबैले सचेत भएर लाग्नुपर्ने बताउनु भयो । उहाँले अस्पतालहरु पनि शतर्क र सुदृढ हुन जरुरी रहेको बताउनु भयो । ‘डेंगु रोकथाम नै नभएको भन्ने त होइन । यो सरुवा रोग हो । हामीले यसमा काम गरेनौं भने विकराल अवस्था आउँछ थाम्नै नसक्ने अवस्था आउँछ ।

अपेक्षाकृत रुपमा केस बढ्दै जानु भनेको हामी पनि सजग हुनुपर्छ र रोकथाममा काम गर्नुपर्छ भन्ने हो । अस्पतालहरु पनि सुदृढ हुन जरुरी छ । उपचार पनि सहज हुन जरुरी छ । बिरामीहरुलाई रगतको अभाव हुन दिनु हुँदैन । डेंगुको रोकथाममा स्थानीय तह र आम मानिसको योगदान नै बढी हुने हुनाले जबसम्म उहाँहरु सचेत हुनुहुन्न, डेंगु बिरामी सार्ने लामखुट्टेको वृत्ति विकास कसरी हुन्छ ? र, लामखुट्टेलाई कसरी हामीहरुले नियन्त्रण गर्ने भन्ने विषयमा आम जनताहरुको सचेतना पुग्दैन । तवसम्म नियन्त्रणको काम जटिल हुन्छ’ उहाँले भन्नुभयो ।

डेंगु संक्रमणको पछिल्लो अवस्थाबारे न्युज एजेन्सी नेपालीसँग कुरा गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगु रोकथामका लागि ‘लार्भा खोज र नष्ट’ अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयो । डा.पुनले डेंगु रोकथाममा केन्द्र सरकारले नेतृत्वदायस् भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । उहाँले तीन तहकै सरकारबीच समन्वय र सहकार्य गरेर अघि बढ्ने हो भने मात्रै डेंगुको संक्रमण थप फैलिनबाट रोक्न सकिने बताउनु भयो । उहाँले वर्षेनी डेंगुको संक्रमण बढीरहेकाले सरकार र आम नागरिकहरु पनि यसमा सचेत हुन जरुरी रहेको बताउनु भयो । डेंगु जोखिम शहरी इलाकामा बढी हुने उहाँको भनाई छ । ‘डेंगु रोकथामका लागि ‘लार्भा खोज र नष्ट’ अभियान महत्वपूर्ण मानिन्छ । यो अभियानलाई कार्ययोजना नै बनाएर अघि बढ्नसक्यौं भने त एकदमै राम्रो हुन्छ नै । सर्वसाधारणले पनि जथाभावी ड्रम फाल्ने, लामखुट्टे बस्ने वातावरण सृजना गर्नुभएन । निरन्तर बगिरहने पानीमा लामखुट्टेले वृत्ति विकास गर्न सक्दैन ।

नेपाल सरकारले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्छ । र, सम्भवतः अहिले लार्भा देखिरहेको अवस्था छ । यसलाई हामीले जसरी हुन्छ नष्ट गर्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘डेंगु जोखिम शहरी इलाकामा बढी हुन्छ । मुख्यतः अव्यवस्थीत शहरीकरणले डेंगु जोखिम निम्त्याउँछ । यस्तै ग्यारेजमा फालेका टायरहरु राखिन्छन् । फालेका टायरहरु नम्बर वान लामखुट्टेको लागि स्वर्ग जस्तै हो । वृत्ति विकास हुन्छ । र, त्यहाँबाट नै लामखुट्टेहरु तपाइ हाम्रो घरघरमा आइपुग्छ ।’

सामान्यतया डेंगु वर्षा र वर्षापछिको समयमा बढी देखिन्छ । नेपालमा सन् २००४ मा डेंगु संक्रमण पुष्टि भए यता लगातार बढीरहेको छ । गत वर्ष नेपालको इतिहासमा सबैभन्दा बढी मानिस डेंगुबाट संक्रमित भएका थिए । डेंगु संक्रमण तराईबाट पहाड हुँदै अहिले हिमालमा पनि केही केसहरु देखिने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आगामी वर्षपनि यो जोखिम निरन्तर हुने देखिन्छ । डेंगुको जोखिम गत वर्ष काठमाडौं शहरमा देखिएसँगै यो पटक कुनै नयाँ शहरमा नहोला भन्न सकिन्न ।

लामखुट्टेले बिस्तारै ठाउँ बिस्तार गर्दैछ । पहिले तराईतिर देखिन्थ्यो । बिस्तारै अहिले पहाडतिर सर्दै गएको छ । लामखुट्टेले यदी बसाइसरार्इं ग¥यो भने यसको जोखिम आगामी दिनमा थप बढ्दै जाने देखिन्छ । हरेक वर्ष हामी डेंगुको ठूलै जोखिममा रहन्छौ भन्ने हो । लामखुट्टेको टोकाइबाट बच्ने भनेको लामखुट्टे सर्ने वातावरण सृजना नगर्नु हो । लामखुट्टे बस्ने वातावरण भनेको खाल्डाखुल्डी अव्यवस्थित वातावरण, फालिएको ड्रम, पुराना टायर, घरघरमा गमला राख्ने ठाउँ हो । पानी जम्ने वातावरणमा लामखुट्टे रहन्छ । डेंगु नलाग्नु भनेको डेंगु वस्ने वातावरण नै नष्ट गर्नु हो ।’

डेंगुले केही समययता प्रकोपको रुप लिइरहेको र आगामी वर्ष झनै जोखिम बढ्ने डा.पुनको भनाई छ । उहाँले भन्नुभयो, ‘सन् २००४ मा सर्वप्रथम एक जनामा डेंगु देखियो । तत्पश्चात हरेक दुई तीन वर्षको अन्तरालमा यसले प्रकोपको रुपमा लिइरहेको छ । आगामी वर्षपनि डेंगुको जोखिम हुने तथ्याङ्कहरुले देखाइरहेका छन् ।’

लामखुट्टेको वृत्ति विकास र यसको प्रसारण, भौगोलिक रुपमा बसाइसराई गर्दै गएर नयाँनयाँ ठाउँमा पुग्यो भने त्यो अझ जटिल अवस्था हुन सक्ने बताउनु भयो । डेंगु संक्रमण भइहाले र लक्षण देखिहाले चिकित्सकको परामर्श लिनुपर्ने बताउनु भयो । डेंगु संक्रमण भइहाले ज्वरो आउने टाउको दुख्ने जस्ता लक्षण देखिने बताउनु भयो । डेंगुले जटिल अवस्था ल्याउने सम्भावना रहेको भए समयमै उपचार प्राप्त हुने बताउनु भयो । पुनले भन्नुभयो, ‘सन् २०१९ मा धेरै मानिसमा रक्तश्रावको समस्या थिएन । डेंगुमा जटिलताको तह छ । ज्वरो आउने, ज्यु दुख्ने, आँखाको गेडि खस्ला जस्तो हुने, मांशपेशी दुख्ने, शरीरमा बिमिराहरु आउने, आँखा रातो हुने, वाकवाकी लाग्ने डेंगुका प्रारम्भिक लक्षण हुन् । केहि प्रतिशतलाई थप जटिलता देखिन सक्छ । त्यो विशेष गरेर पूर्ण संक्रमीत भएर फरक सेरोटाइपले संक्रमित गर्नु हो । ती व्यक्तिहरुमा रक्तश्राव देखिन थाल्छ ।

सन् २०१९ मा पनि काठमाडौंमा धेरै फैलिएको हो । सन् २०२२ मा म लगायत केहि डाक्टर सावले के महसुस गर्नुभयो भने धेरै मानिसमा रक्त श्राव देखियो । नाकबाट, गिजाबाट या विभिन्न स्वरुपमा होला । पुनले भन्नुभयो, ‘आगामी वर्ष डेंगुको जोखिम झनै बढ्दो देख्छु म । किनभने लामखुट्टेको वृत्ति विकास र यसको प्रशारण, भौगोलिक रुपमा बसाइँसराई गर्दै गएर नयाँनयाँ ठाउँमा पुग्यो भने त्यो हाम्रो लागि अझ जटिल अवस्था हुन सक्छ । मेरो अनुभव तः पुससम्म देखेको छु । डेंगु पूरै मनसुन भर नै फैलिएको देखिन्छ । यदी त्यो नभएपनि कुनैकुनै पकेट एरियामा देखिन सक्छ ।’

डेंगु लागेपछि घरमा बसेर पनि आराम गर्न सकिन्छ । तर चिकित्सक वा अस्पतालमा सम्पर्क गरेपछि रगतको जाँच गर्नुपर्ने हुन्छ । एक हप्तापछि रगतमा देखिने उतारचढाव सुधार भएर जाने गर्छ ।