• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

इमर्जिङ कपः यूएई ‘ए’ विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल



काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत नेपालले यूएई ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

कोलोम्बोमा यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिलो बलिङ गर्न लागेको हो ।

नेपाल र यूएईबीचको खेल भर्खरै सुरु भएको छ ।

समूह ‘बी’ मा यसअघि नै लगातार दुई खेल हार्दै बाहिरिसकेका नेपाल र यूएई दुवै टिम यस खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छन् ।

नेपालले सिनियर टिम खेलाउँदा यूएईले भने युवा खेलाडीहरु समेट्दै दोस्रो रोजाइको टिम खेलाएको छ ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।

आज बुधबार नै भारत र ए र पाकिस्तान ए बीच खेल हुनेछ । यस खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

समूह ए बाट श्रीलंका ए समूह विजेता र बंगलादेश ए समूह उपविजेता बन्दै सेमिफाइनल पुगिसकेका छन् ।