• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौँ । आज पनि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्नेछ ।

मंगलबार बसेको बैठकमा महामन्त्री गगनकुमार थापाले २१ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए । उनले भदौ १५ भित्र सबै विभागहरुको गठनलाई पूर्णता दिने, २२ वटा विभागहरु थप गर्नेलगायतका प्रस्ताव गरेका थिए । उनले हेरक दुईरदुई महिनामा बैठक गर्ने भन्दै असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बैठक राख्ने प्रस्ताव गरेका थिए ।

एक बर्षपछि बसेको कांग्रेस केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरिएको थियो । आज पनि सोहि एजेन्डामा केन्द्रित रहेर छलफल हुने बताईएको छ ।