२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय महिला फुटबल खेलाडीलाई युनिलिभरको प्रायोजन



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युनिलिभर नेपालले रु २५ लाखको प्रायोजन गरेको छ ।

युनिलिभरका प्रबन्ध निर्देशक आम्लान मुखर्जी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले एक वर्षको अवधि रहेको सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाली महिला फुटबल खेलको विकासका लागि युनिलिभरको प्रायोजन महत्वपूर्ण रहेको भन्दै नेपाली महिला खेलाडीले सीमित स्रोत साधनका बाबजुद प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको बताए ।

एन्फा अध्यक्ष नेम्वाङले महिला फुटबलको विकासमा यस सम्झौताले निकै सहयोग पुग्ने बताउँदै पुरुषसँगै महिला फुटबलको विकासमा पनि एन्फाले सक्दो काम गर्ने उल्लेख गरे ।

यसैगरी युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले महिला फुटबलको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले आफ्नो संस्थाले प्रायोजन गरेको बताए । नेपाली महिला टिम भर्खरै बङ्गलादेशविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको उपाधि जितेर फर्किएको हो ।