९ श्रावण २०८३, शनिबार
,
Latest
बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय महिला फुटबल खेलाडीलाई युनिलिभरको प्रायोजन



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युनिलिभर नेपालले रु २५ लाखको प्रायोजन गरेको छ ।

युनिलिभरका प्रबन्ध निर्देशक आम्लान मुखर्जी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले एक वर्षको अवधि रहेको सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाली महिला फुटबल खेलको विकासका लागि युनिलिभरको प्रायोजन महत्वपूर्ण रहेको भन्दै नेपाली महिला खेलाडीले सीमित स्रोत साधनका बाबजुद प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको बताए ।

एन्फा अध्यक्ष नेम्वाङले महिला फुटबलको विकासमा यस सम्झौताले निकै सहयोग पुग्ने बताउँदै पुरुषसँगै महिला फुटबलको विकासमा पनि एन्फाले सक्दो काम गर्ने उल्लेख गरे ।

यसैगरी युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले महिला फुटबलको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले आफ्नो संस्थाले प्रायोजन गरेको बताए । नेपाली महिला टिम भर्खरै बङ्गलादेशविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको उपाधि जितेर फर्किएको हो ।