४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टोलीलाई शुभकामना दिँदा ‘चिप्लिए’ खेलकुदमन्त्री



तस्बिरः एन्फा । फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई युनिलिभर नेपालले प्रायोजन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार युनिलिभरसँग प्रायोजनसम्बन्धी सम्झौता गरेको हो ।

होटल सोल्टीमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु तथा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायत सहभागी थिए । सम्झौता कार्यक्रममा महिला टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो, एन्फा अध्यक्ष नेम्वाङ, युनिलिभर नेपालका म्यानेजिङ डिरेक्टर अमलान मुखर्जीसहितले कार्यक्रमलाई सम्बोधन गरे ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री लिम्बुलाई पनि बोल्न दिइयो । लिम्बुले बोल्दै गर्दा खेलकुद क्षेत्रबारे थोरै पनि ज्ञान नभएको आफैंले पुष्टि गरे ।उनले आफ्नो सम्बोधनका क्रममा महिला फुटबल टोलीलाई अष्ट्रेलिया–न्यूजिल्याण्ड विश्वकप फुटबलमा खेल्न जान लागेको भन्दै शुभकामना दिए ।

‘नेपाली चेलीहरुले उत्कृष्ट प्रदर्शन गरिरहनुभएको छ । तपाईहरु अष्ट्रेलिया–न्यूजिल्याण्ड खेल्न जानेक्रममा हुनुहुन्छ । तपाईहरु जितेर आउन सक्नुहुनेछ भन्ने म पूर्ण विश्वास व्यक्त गर्न चाहन्छु ।’ उनले भने ‘तपाईहरुले सिंगो नेपाली जनताको विश्वास लिएर जाँदै हुनुहुन्छ । नेपाल सरकारको भावना, विश्वास लिएर जाँदै हुनुहुन्छ । उच्च मनोवल लिएर खेल्दै जित हासिल गर्नुस् म शुभकामना व्यक्त गर्न चाहन्छु ।’

उनको उक्त अभिव्यक्तिले कार्यक्रममा सहभागी सबैलाई हँसायो । सहभागीहरु गाइँगुइँ गर्न थाले । युनिलिभरसँग एन्फाले महिला फुटबल टोलीका लागि गर्न लागेको प्रायोजन सम्झौता कार्यक्रममा आएर विश्वकपमा जान लागेको भन्दै शुभकामना दिएपछि उनी हाँसोको पात्र बन्न पुगेका हुन् ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटको पहिलो चरण पनि पार गर्न सकेको छैन ।