४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नर्सिङ कक्षामा चर्को शुल्क खारेज गर्न गोविन्द केसीको माग

नर्सिङ कक्षामा चर्को शुल्क खारेज गर्न गोविन्द केसीको माग
अ+ अ-

काठमाडौँ । चिकित्सा क्षेत्रको सुधारका अभियानकर्मी डा गोविन्द केसीले नर्सिङ कक्षामा बढाइएको शुल्क खारेज गर्नुपर्ने माग गर्नुभएको छ ।

केसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सिटिइभीटीले नर्सिङ लगायतका विषयमा लगाइएको चर्को शुल्क तत्काल खारेज गर्न माग गर्नुभएको हो ।

देश आर्थिकरुपमा थङ्थिलो भएको तथा सर्वसाधारणको आय खुम्चिएको अहिलेको समयमा शुल्क बढ्नु नै आफैँमा विडम्बनाको कुरा हो भन्दै उहाँले त्यसमा पनि एकै वर्षमा २५–३० प्रतिशत शुल्क बढ्दा त्यसले विद्यार्थी र अभिभावकहरुको ढाड सेक्ने निश्चित छ भन्नुभएको छ ।

“सिटिइभीटीमा स्वार्थको द्वन्द्व हुने गरी नियुक्त भएका पार्टीका कार्यकर्ता तथा माफिया पदाधिकारीका कारण यस्तो अचाक्ली निर्णय भएको हाम्रो ठहर छ”, विज्ञप्तिमा भनिएको छ, “चिकित्सा शिक्षा ऐनअनुसार चिकित्सा शिक्षा आयोग बनिसकेको आजको अवस्थामा आयोगको परामर्शबिना सिटिइभीटीले यस्तो निर्णय गर्नुसमेत गलत र बदनियतपूर्ण देखिन्छ ।”

डा केसीले आफूहरुसँग भएका सम्झौता कार्यान्वयन गर्न र हामीले राखेका मागहरु पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै त्यसो नभएमा कुनै पनि बेला कडा आन्दोलनका कार्यक्रम शुरु गर्न बाध्य हुने जानकारी गराउनुभएको छ ।