१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन एयरलाइन्सद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग



अ+ अ-

काठमाडौँ । हिमालयन एयरलाइन्सले नेपाल अर्थोपेडिक अस्पतालमा रहेको सगरमाथा वार्डमा एसी सहयोग गरेको छ ।

एअरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले एनडीए–नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष सामदेन लामा र मेडिकल डाइरेक्टर डा।कैलाश कुमार भण्डारीलाई २ टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण  गर्नुभयो ।

 

 

 

अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको छ जहाँ कमजोर आर्थिक अवस्था भएका बिरामीहरूले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउनेछन्।

एयरलाइन्सबाट सहयोग भएको एसीबाट वार्डमा रहेका बिरामीहरु लाभान्वित हुने भन्दै अस्पतालले हिमालयन एयरलाइन्सप्रति कृतज्ञता प्रकट गरेको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा कैलाश भण्डारीले आगामी दिनमा पनि एयरलाइन्सबाट यस्तै कार्यको अपेक्षा गर्दै अस्पतालले एयरलाइन्सका अध्यक्ष र ब्रान्ड टोलीलाई धन्यवाद दिनुभएको छ ।