• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपालले जित्यो उपाधि



काठमाडौँ । बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली राष्ट्रिय महिला टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल श्रृंखलाको उपाधि जितेको छ ।

आज आइतबार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।

यसअघि गएको बिहीबार भएको पहिलो खेलमा नेपाल र बङ्लादेशले १–१ गोलको बराबरी खेलेका थिए ।

योसँगै नेपालले गत वर्ष काठमाडौँमा भएको साफ च्याम्पियनशिपको फाइनलमा हारको बदला लिएको छ । त्यसताका नेपाल फाइनलमा बङ्लादेशसँग ३–१ गोलले पराजित भएको थियो ।